• होमपेज
  • समाज
  • जागिर दिने भन्दै पैसा असुल्ने विद्युतका कर्मचारी पक्राउ

जागिर दिने भन्दै पैसा असुल्ने विद्युतका कर्मचारी पक्राउ

  • मङ्लबार, भदौ २४, २०७६
जागिर दिने भन्दै पैसा असुल्ने विद्युतका कर्मचारी पक्राउ

सिरहा : जागिर लगाइदिने भन्दै पैसा असुल्ने विद्युत प्राधिकरण सिरहाका कर्मचारीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरण शाखा सिरहाका इलेक्ट्रसियन छेदीलाल साह सोनार रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका टोलीले जनाएको छ । उनलाई विष्णपुर १ स्थित चौकको चिया नास्ता पसलबाट ८० हजार घुस रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि बर्दिबास लगिने अख्तियार टोलीले जनाए ।

चर्चामा

सम्बन्धित समाचार