• होमपेज
  • समाज
  • फेकोफनको केन्द्रीय बैठक जुम्लामा सम्पन्न

फेकोफनको केन्द्रीय बैठक जुम्लामा सम्पन्न

  • आइतवार, भदौ २२, २०७६
फेकोफनको केन्द्रीय बैठक जुम्लामा सम्पन्न

जुम्ला : सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)को केन्द्रीय बैठक जुम्लाको पातारासीमा सम्पन्न भएको छ ।

जुम्लाको पातारासी गाँउपालिका–२ छुन्चरीमा सम्पन्न भएको हो । बैठकले २१ बुँदे घोषणापत्र जारी गरेको छ । वन विनास भइरहेका बेला जुम्ला जस्तो हिमाली जिल्लामा बसेको यस बैठकले सामुदायिक वन उपोभोक्ताहरुको र नेपालमा वन क्षेत्रको संरक्षण र विश्वमा भइरहेको जलवायु परिर्वत असरबारे बैठक केन्द्रित भएाके बताइएको छ ।

बैठकमा सहभागी हुन केन्द्रीय कार्य समितिका एक सय पदाधिकारी जुम्ला पुगेका थिए । महासंघका केन्द्रीय पूर्वअध्यक्षहरु प्रदेश अध्यक्षहरु र आन्य पधादिकारी सहभागी थिए ।

बैठकले जारी गरेको २१ बुँदे घोषणापत्रमा सरकारले लगाएको तेहेरो करको विरोधमा आन्दोलन गर्ने लगायत निर्णय भएको केन्द्रीय अध्यक्ष भारती पाठकले जानकारी दिइन् ।

चर्चामा

सम्बन्धित समाचार