शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपाललाई बंगलादेश पन्छाउने चुनौती

नेपाललाई बंगलादेश पन्छाउने चुनौती

  • आइतवार, भदौ २२, २०७६
नेपाललाई बंगलादेश पन्छाउने चुनौती

काठमाडौं – श्रीलंकाका जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आइतबार नेपालले बलियो बंगलादेशसँग खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपाललाई सेमिफाइनलमा पुग्न बंगलादेशसँगको खेल जित्नै पर्ने बाध्यता छ ।

पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग डकवर्थ एन्ड लेविस नियमका आधारमा पाँच विकेटले पराजित भएको थियो । पहिलो खेलमा यूएईमाथि ८५ रनको जित निकालेको बंगलादेशको मनोबल उच्च छ । बंगलादेश नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । नेपाल र बंगलादेशबीच यसअघि उमेर समुहमा पाँच पटक प्रतिस्पर्धा भएको छ । चार खेलमा बंगलादेश विजयी भएको छ । एक खेल भने बर्षाका कारण रद्ध भएको थियो ।

नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र यूएई छन् । नेपालले समूह चरणको अन्तिम खेल यूएईसँग भदौ २४ गते खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।

आइतबार भएको समूह ‘ए’ को खेलमा जित निकाल्दै भारत र अफगानिस्तान एक खेल अगाडि नै सेमिफाइनलमा पुगेका छन् । लगातार दोस्रो जित निकालेको भारतले आइतबार पाकिस्तानलाई ६० रनले हरायो । दोस्रो जित निकाल्ने क्रममा अफगानिस्तानले कुवेतलाई सात विकेटले हरायो । कुवेत र पाकिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार