शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • वर्षाले यसरी डुबायो मुम्बईलाई, १४ राज्यमा हाइ अलर्ट

वर्षाले यसरी डुबायो मुम्बईलाई, १४ राज्यमा हाइ अलर्ट

  • शुक्रबार, भदौ २०, २०७६
वर्षाले यसरी डुबायो मुम्बईलाई, १४ राज्यमा हाइ अलर्ट

भारी वर्षाका कारण भारतको जनजीवन कष्टकर बनेको छ । भारी वर्षाले महाराष्ट्र, गुजरात तथा मध्य प्रदेशसहित थुप्रै राज्यमा जनजीवन अस्तव्यस्त बनेको हो ।

मौसम विभागले बिहीबार गुजरातमा सबैभन्दा बढी वर्षा हुने आशंका जनाएको छ । मध्यप्रदेश , छत्तीसगढ, राजस्थानसमेत १४ राज्यमा भारी वर्षाको चेतावनी दिएको छ ।

मुम्बईमा मंगलबार रातिदेखि वर्षा भइरहेको छ । जसका कारण सडक, रेल तथा अवाई व्यवस्था अस्तव्यस्त भएको छ । मौसम विभागले आगामी तीन दिनसम्म भारती वर्षा हुने जनाएको छ ।

नागपुरका करिब १०० गाउँको सम्पर्क टुटेको छ । मन्त्रालयले १००० कर्मचारीलाई मन्त्रालयमै रोकेर राखेको छ । ताकी जहाँ गम्भीर स्थिति आउँछ खटाउन सकोस् । नदीको जलस्तर बढेको छ ।

चर्चामा

सम्बन्धित समाचार