शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • क्रिकेट
  • १९ वर्ष मुनिएको एसिया कप क्रिकेट : नेपाल श्रीलंकासँग भिड्दै

१९ वर्ष मुनिएको एसिया कप क्रिकेट : नेपाल श्रीलंकासँग भिड्दै

  • शुक्रबार, भदौ २०, २०७६
१९ वर्ष मुनिएको एसिया कप क्रिकेट : नेपाल श्रीलंकासँग भिड्दै

काठमाडौं । १९ वर्ष मुनिएको एसिया कप क्रिकेट प्रतियोगिता हिजो विहीवारबाट श्रीलंकामा सुरु भएको छ । ८ राष्ट्र सहभागी प्रतियोगिताको पहिलो खेलमा नेपालले आज आयोजक श्रीलंकासँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार आज बिहान सवा १० बजे सुरु हुनेछ । नेपालले आगामी आइतबार बंगलादेशसँग तथा मंगलबार यूएईसँग खेल्नेछ । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली भदौ ७ देखि श्रीलंकामा अभ्यासरत थियो । नेपाल रहेको समूह ‘बी’ मा श्रीलंकासंगै बंगलादेश र युएई छन् ।

भदौ २८ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो दिनको खेलमा भारत र अफगानिस्तान विजयी भएका छन् । भारतले कुवेतमाथि र अफगानिस्तानले पाकिस्तानमाथि शानदार जित निकालेको हो ।

चर्चामा

सम्बन्धित समाचार