शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थ
  • एटीएमबाट एक पटकमा २० हजार र एक दिनमा ६० हजार रुपैयाँ मात्रै झिक्न मिल्ने

एटीएमबाट एक पटकमा २० हजार र एक दिनमा ६० हजार रुपैयाँ मात्रै झिक्न मिल्ने

  • शुक्रबार, भदौ २०, २०७६
एटीएमबाट एक पटकमा २० हजार र एक दिनमा ६० हजार रुपैयाँ मात्रै झिक्न मिल्ने

काठमाण्डौ — नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट झिक्न मिल्ने रकमको सीमा घटाएको छ ।चिनियाँ ह्याकरले नेपाल र भारतबाट एटीएम ह्याक गरी ७ वटा बैंकको ३ करोड रुपैयाँ भन्दा धेरै पैसा लुटेपछि राष्ट्र बैंकले एटीएमबाट झिक्न मिल्ने रकमको सीमा घटाएको हो ।

बिहीबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले एक दिनमा ६० हजार रुपैयाँ र एक पटकमा न्यूनतम पाँच सय रुपैयाँ र बढीमा २० हजार रुपैयाँ निकाल्नभन्दा धेरै पैसा एटीएमबाट झिक्न नपाइने जनाएको छ  । यो सीमालाई बैंकहरुले घटाउन पनि सक्ने राष्ट्र बैंकले जनाएको छ । यसअघि एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न मिल्थ्यो ।

चर्चामा

सम्बन्धित समाचार