शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अर्थ
  • स्वीस, बेलायत र नर्वेको ११ अर्व अनुदान सहायता दिने

स्वीस, बेलायत र नर्वेको ११ अर्व अनुदान सहायता दिने

  • बिहिबार, भदौ १९, २०७६
स्वीस, बेलायत र नर्वेको ११ अर्व अनुदान सहायता दिने

काठमाडौँ– यूरोपियन युनियनमा आवद्ध ३ वटा देशले नेपाललाई करिव ११ अर्व ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ । बुधबार अर्थ मन्त्रालयमा युरोपियन युनियनमा आवद्ध मुलुक स्विजरल्याण्ड, नर्वे र बेलायतका राजदुतहरुले नेपालको प्रदेश र स्थानीय तहको क्षमता बढाउने तथा सार्वजनिक सेवामा सुधार ल्याउने उद्देश्यका साथ सो अनुदान सहायता उपलब्ध गराउने सम्झदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपालका लागि स्विजरल्याण्डका राजदुत एलिजावेथ भोन क्याप्लर, नेपालका लागि नर्वेका राजदुत लास्से जोहाननेशेन र बेलायतका अन्तराष्ट्रिय नियोग (डिएफआईडी)का सचिव माथेऊ जोनले अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालसँग छुट्टाछुट्टै सम्झदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सो रकम नेपालको प्रदेश र स्थानीय तहको क्षमता बढाउन र सार्वजनिक सेवामा सुधार ल्याउने कार्यक्रममा खर्च हुने भनिएको छ । सहसचिव नेपालले सो रकम चालू आर्थिक वर्षदेखि ४ वर्ष भित्र नेपाललाई उपलब्ध गराई सक्ने पनि समझदारीमा उल्लेख गरिएको बताए ।
अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा भएको सो समझदारी पत्रमा नेपालको दीगो विकास तथा तीनवटै तहमा देखिएको असमझदारी हटाउँन सो अनुदान सहायताले सघाउ पुयाउँने विश्वास गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार