
संगीता तिमिल्सेना
विरेन्द्रनगरको प्रवेशद्धार मानिने सुब्वाकुना कुटकुवामा भएको गौहत्याप्रति विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा बाजुराले आपत्ती जनाएको छ । गत भाद्र १३ गते दैलेखमा पाल्न पठाउने बाहानामा नेपालगञ्ज उपमहानरपालिकाले काञ्जी हाउसबाट २ सय ८१ वटा गाई ट्रकमा राखेर ल्याएको र विहिबार राती विरेन्द्रनगरको प्रवेशद्धार मानिने सुब्वाकुना कुटकुवाको भीरबाट खसाली ३७ गाईको हत्या भएको एवं ८६ वटा गाई घाइते बनाइएको कु कार्यको आपत्ती जनाउदै विश्व हिन्दु महासंघ जिल्लाशाखा बाजुराले ज्ञापन पत्र सहित आपत्त जनाएको हो ।
हिन्दु परम्परा अनुसार गाई पवित्र र गुणी पशु हो, हिन्दुधर्म दर्शनले गाईलाई आमाको दर्जामा राख्दै आएको छ । गाईको पुजालाई हिन्दु धर्मले बिशेष महत्व दिन्छ । ३३ कोटी देवता हिन्दु धर्मअनुसार गार्यमा ३३ कोटी देवताले निवास गर्दछन् । तर गाईको हत्या गर्नु नराम्रो कार्यभएकाले यस्तो कु कार्यको हिन्दु महासंघ नेपाल शाखा बाजुरा भत्र्सना गर्दछ, ज्ञापनपत्रमा उल्लेअ गरिएको छ ।
हाम्रो देशको राष्ट्रिय जनावर र ल्क्ष्मीको प्रतिक मानिने गौमाताको हत्यामा संग्लग्न व्यक्ती तथा संस्थाहरुको यथार्थ छानविन गरी यथाशिघ्र कडा कारबाहीको माग सहित जिल्ला प्रशासन कार्यलय बाजुरा मार्फत विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा बाजुराका कोषअध्यष नृप बहादुर खाती र सदस्य भानुभक्त पाध्यायले संयुक्त रुपमा नेपाल सरकार गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको बताइएको छ ।
