शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • तीजको ब्रत बसेकी श्रीमतीको हत्या

तीजको ब्रत बसेकी श्रीमतीको हत्या

  • बुधबार, भदौ १८, २०७६
तीजको ब्रत बसेकी श्रीमतीको हत्या

रुकुम पश्चिम : तीजकै दिन एक व्यक्तिले खुर्पा प्रहार गरी ब्रत बसेकी श्रीमतीको हत्या गरेका छन्। मुसीकोट नगरपालिका–३ माछ्मीका २७ वर्षीय नविन खड्काले श्रीमती २५ वर्षीया कमला बुढाथोकीको हत्या गरेका हुन‍्।

अत्याधिक मदिरा सेवन गरेका नवीनले सोमबार राति श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। उनका अनुसार श्रीमतीको हत्या गरी फरार भएका खड्का घर नजिकैको जंगल भेटिएका छन्। उनकाे साथबाट प्रहरीले खुर्पा बरामद गरेको छ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ। आराेपी श्रीमानलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए।

चर्चामा

सम्बन्धित समाचार