शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • खेलकुद
  • समुदाय प्रहरी साझेदारीमा नेपालमै पहिलोपल्ट चन्द्रागिरीमा फुटसल

समुदाय प्रहरी साझेदारीमा नेपालमै पहिलोपल्ट चन्द्रागिरीमा फुटसल

  • बुधबार, भदौ १८, २०७६
समुदाय प्रहरी साझेदारीमा नेपालमै पहिलोपल्ट चन्द्रागिरीमा फुटसल

काठमाडौं । नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत युवा, कर्मचारी सञ्चारकर्मी तथा जनप्रतिनिधि बिचको एकतालाई थप प्रगाढ बनाउन ‘स्वास्थ्य र सम्वन्ध सुधारका लागि खेलकुद’ भने मुल नाराका साथ चन्द्रागिरीमा फुटसल प्रतियोगिता हुने भएको छ ।

समुदाय–प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरीको आयोजनामा उक्त फुटसल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता यहि भदौ १८, १९, २० गते चन्द्रागिरीस्थित हाइभिजनको चन्द्रागिरी फुटसल मैदानमा हुने महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक गायत्री राज शर्माले जानकारी दिए ।

उक्त फुटसल प्रतियोगितमा सञ्चारकर्मी, नेपाल प्रहरी र चन्द्रागिरी नगरपालिकालगायत १७ टिम बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताका लागि भेहिकल एकेडेमी एण्ड रिर्सच सेन्टरले सञ्चारकमी टिमलाई जर्सी प्रदान गरेको छ ।

चन्द्रागिरी नगरपालिकाका स्थानीय बसोवास गर्दै आएका सञ्चाकर्मीलाई मंगलवार एक कार्यक्रमका बिच फुटसल जर्सी प्रदान गरिएको हो ।

कार्यक्रममा भेहिकल एकेडेमी एण्ड रिर्सच सेन्टरका सञ्चालक पूर्ण श्रेष्ठ र रामनारायण घिमिरेले सञ्चारकर्मीहरुलाई जर्सी हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै भेहिकल एकेडेमी एण्ड रिर्सच सेन्टर गुर्जुधाराका सञ्चालक रामनारायण घिमिरेले समाजिक उत्तरदायित्व अन्तर्गत हाम्रो साथ र सहयोग निरन्तर रहने बताए ।

चर्चामा

सम्बन्धित समाचार