एजेन्सी– केही समयदेखि रानु मण्डल इन्टरनेटमा चर्चामा छिन् । रेल स्टेशनमा गित गाएर हिड्ने रानुले गाएको एउटा गित भाइरल भएपछि उनलाई हिमेश रेश्मियासँग गित आफूसँग गित गाउने अवसर दिए ।
त्यसपछि उनी हिन्दी फिल्मबारे जानकारी राख्ने समाजिक संजाल प्रयोगकर्तामाझ चर्चामा छिन् ।
रानु चर्चामा आएको केही पछि उनको एक जना छोरी एलिजावेथ साथी आफ्नी हराइरहेको आमा भेटिएको भन्दै उनीकहाँ पुगिन् । तर धेरैले उनको आमा भेट्ने उदेश्यमा असल उदेश्य नरहेको मान्न थालेका छन् ।
आमा असाहय हुदाँ वास्ता नगरेको र लोकप्रिय भएपछि मात्र भेट्न आएकी भनेर कुरा आउन थालेपछि एलिजावेशले अहिले आएर मुख खोलेकी छिन् ।
‘मलाई मेरी आमाले गित गाउने गर्छिन् भनेर थाहै थिएन । किनकि आमासँग मेरो त्यति धेरै भेट हुँदैन थियो । केही महिनाअघि पनि म उनी भएको धर्मातला पुगेको थिएँ । उनी बस स्ट्याण्डमा बसिरहेकी थिइन् । मैले उनलाई घर जान भने र भारु दुई सय दिएँ,’ एलिजावेथले भनिन् ।
एलिजावेथ रानुको चारमध्ये एकजना सन्तान हुन् । र, उनका अनुसार आमाको ख्याल गर्ने एकमात्र सन्तान उनी मात्र हुन् । ‘मैले आमालाई सम्भव भएसम्म अंकलको एकाउन्टमार्फत ५०० भारु पठाउथेँ । म सम्बन्ध विच्छेद गरेर बसेको छु र सानो छोरा हुर्काउने जिम्मेवारी मेरो काँधमा छ । मैले अहिले सानो किराना पसल चलाइरहेको छु । यसरी मेरो आफ्नै संघर्ष छन् । त्यसका बावजुद मैले आमालाई सहयोग गर्ने प्रयास गरिरहेको छु । त्यै पनि मानिस मलाई दोष लगाइरहेका छन्,’ एलिजावेथले भनिन् ।
एलिजावेथले उनको आमाको हेरचाह गरिरहेको रानाघाटको आम्रा शोबई शोइतान क्लबले आफ्नो आमासँग भेट नदिएको आरोप पनि लगाइन् । ‘तिनले मलाई आमालाई भेट्न खोजे खुट्टा भाचिदिने धम्की दिएका छन् ।’ एलिजावेथले भनिन् ।
उनले आफ्नो आमा मानसिक रुपमा पनि अस्थिर रहेको पनि बताएकी छिन् । ‘क्लबका मानिसले मलाई आमासँग फोनमा पनि कुरा गर्न दिएका छैनन् । मलाई के गरुँ कसो गरुँ भइरहेको छ तर पनि म अहिले कुनै गम्भिर कदम उठाउदिँन । त्यसले मेरो आमालाई असर गर्न सक्छ । त्यसले उनको संगितप्रतिको एकाग्रमा अवरोध गर्न सक्छ । उनी मानसिक रुपमा अस्थिर छिन् र त्यसमाथि मिडियाले उनलाई चिड्याइरहेको छ ,’ एलिजावेथ भनिन् ।
क्लबका मानिसले रानुलाई निस्वार्थ रुपमा आमालाई सहयोग गरेकोजस्तो देखाएको भए पनि त्यसो नभएको उनले बताइन् । ‘ती मेरो आमाको पैसाको पछाडि छन् । नत्र आफ्नै परिवारका सदस्यलाई किन नजिक पर्न दिदैनन् ।’ एलिजावेथले आरोप लगाइन् ।