• होमपेज
  • खेलकुद
  • साग जुडोमा १८ खेलाडी छनोट

साग जुडोमा १८ खेलाडी छनोट

  • सोमवार, भदौ १६, २०७६
साग जुडोमा १८ खेलाडी छनोट

काठमाडौं- १३ औं सागका लागि जुडो खेलाडी छनोट भएका छन् । नेपाल जुडो संघले आइतबार १८ जना खेलाडी छनोट गरेको हो । साग जुडोका लासग सात पुरुष र सात महिता तथा चारजना अतिरित्तः खेलाडी छनोट गरिएको संघले जनाएको छ । छनोट हुने खेलाडीमा पुरुषतर्फ ६० केजीमुनी तौल समुहमा नेपाल पुलिस क्लबका उमेश मगर, ६६ केजी मुनी इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनी संजित डंगोल छन् ।

यसैगरी ८१ केजीमा मनिश महत्तो, ९० केजी मुनी श्रीराम मकाजु, एक सय केजी मुनी रमेशबहादुर चन्द र एक सय केजी माथि राजन जोशी छन् । दुई अतिरिक्त खेलाडीमा सुनील नगरकोटी र पवनकुमार श्रेष्ठ छन् ।

यसैगरी महिलातर्फ ४८ केजीमुनी सोनीया भट्ट, ५२ केजीमुनी एपीएफकी देविका खड्का, ५७ केजी मुनी पुलिसकी मनिता श्रेष्ठ प्रधान, ६३ केजी मुनी पुलिसकी निर्मला घर्तिमगर, ७० केजी मुनी पुलिसकी विनीता मगर, ७८ केजी मुनी पुनम श्रेष्ठ र ७८ केजी माथि आकृति जोशी छनोट भएका छन् । अतिरीक्त दुई खेलाडीमा ७० केजीमा निशा चौधरी र ७८ केजी माथि दिपा गुरुङ रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार