बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बडिमालिका
  • नगरपालिकाले तीज  मनायो

नगरपालिकाले तीज  मनायो

  • आइतवार, भदौ १५, २०७६
नगरपालिकाले तीज  मनायो
फाइल तस्वीर

बडीमालिका नगरपालिकाको आयोजना आज सदरमुकाम मार्तडीमा बृहत तिज विषेश कार्यक्रम भव्य रुपमा मनाईएको छ । नगरपालिकाका उपप्रमुख कविता विष्टको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा जिसस प्रमुख नरेन्द्र रोकाया प्रमुख अतिथि रहनु भएको थियो ।
नगरपालिकाकै प्राङ्गण आयोजना गरिएको तिज विषेश कार्यक्रमको स्वागत मन्तव्य वडा नं ९ का वडासचिव सोभा शाहले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन प्रधानमन्त्रि रोजगार कार्यक्रम नगर संयोजक प्रमिला थापाले गर्नुभएको थियो । साथै नगरपालिकाले उपस्थित महिलाहरुलाई दर खुवाएर तिजको शुभकामना व्यक्त गरेको छ । हजारौं दर्शकको उपस्थिती रहेको कार्यक्रममा सबै दिदीबहीनिहरुले आफ्नै मौलिक तिजका भाकामा गित गाएर दर्शकहरुलाई मनोरञ्जन गराएको सञ्चालक प्रमिला थापाले जानकारी दिनुभएको थियो ।
नगरपालिकाकै अगुवाईमा भोली तीजकै अवसर पारेर बडीमालिका मन्दिर सरसफाई गरिने भएको उपप्रमुख कविता विष्टले बताउनु भएको छ । सरसफाई कार्यक्रममा सम्पुर्ण महिला पुरुषहरुलाई सहभागिको सार्वजानिक सुचना मार्फत जानकारी गराई सकिएको पनि उहाँले बताउनु भएको छ ।
सरसफाई कार्यक्रममा सबै नगर बासी तथा बजार बासीको उल्लेख्य सहभागिता रहने अपेक्षा रहेको उहाँको भनाई थियो । मन्दिर सरसफाई तिजमा वर्त बसेका महिलाहरुका लागि सहज हुनकै लागि गरिएको नगरपालिकाकाले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार