• होमपेज
  • त्रिवेणी
  • काम डाेजरकाे भुक्तानी श्रमिककाे

काम डाेजरकाे भुक्तानी श्रमिककाे

१६ लाख २० हजार ८ सय ४३ भष्ट्रचार भएको

  • शनिबार, भदौ १४, २०७६
काम डाेजरकाे भुक्तानी श्रमिककाे

त्रिबेणी नगरपालिकामा काम डोजरले गरेको तर नगरपालिका बाट भुक्तानि भने श्रमिकले काम गरेको कागज पेश गरेर भुक्तानि गरेको खुलाशा भएको छ । आर्थिक बर्ष ०७४ । ०७५ मा त्रिबेणी नगरपालिका ३ मा रहेका पुर्भुता सडक निर्माणमा यस्तो भएको महालेखा परिक्षकको कार्यलयले जनाएको छ ।
सडक निर्माणका लागि २२ लाख २६ हजार ५ सय १० रुपैया बिनियोजन गरिएको थियो । महालेखा परिक्षकको कार्यलयले निकालेको प्रतिबेदनमा सडक निर्माणमा डिजाईन, स्टमेट डोजर रहेको मुल्याकंन पनि डोजर गरेको छ, तर भुक्तानि भने श्रमिकले काम गरेको देखाएर भुक्तानि गरेको उल्लेख भएको छ ।
महालेखाले डोजरको दर श्रमिकको म्यानुअल फरक परेको भन्दै १६ लाख २० हजार ८ सय ४३ भष्ट्रचार भएको प्रतिबेदनमा जनाएको छ । उक्क्त रकम राज्यलाई फिर्ता गर्नु पर्ने समेत नगरपालिकालाई जानकारी गरेको छ । स्थानिय तथा बाजुरा नागरिक समाजका अगुवा शेर बहादुर शाहिले भने सडक निर्माण त डोजरले गरेको हो, तर भुक्तानिमा श्रमिक बिल पेश गरेको सुन्निन आएको छ, यो सरासर अनियमित भएको शाहिले वताए ।
अर्को महालेखाको प्रतिबेदनमा बजेटको ब्यबस्था पनि नगरसभाबाट पारित वा समर्थन नभएको जनाएको छ । नगरपालिकाले ५ लाख ७१ हजार ४ सय २८ को बजेटको ब्यबस्था गरेको थियो । वडा कार्यलय बाट ११ लाख ५५ हजार र नगरपालिकाले थप ५ लाख ब्यबस्थापन गरेको थियो, यो प्रक्रिया पनि गलत रहेको महालेखाले जनाएको छ ।
पुर्भुता सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र साउदले भने काम डोजर र श्रमिकले गरेको हो । मलेपले कसरि यो देखायो आफुलाई कुनै जानकारी नभएको वताए । अर्को नगरपालिकाले रकम फिर्ता गर्नुपर्ने कुनै जानकारी नदिएको वताए । त्रिबेणी नगरपालिका निमित्त प्रशासकिय अधिकृत खग्रेन्द्र साउदले भने काम त डोजरले गरेको हो, भुक्तानि गर्दा बिल कसरी पेश गरेको हो, आफुलाई जानकारी नभएको वताए । वडालाई जग्गा खरिदका लागि पैशा हालेको थियो, आफुहरुलाई नसोधेर वडाले सडक निर्माणमा पैशा हालेको थियो, पछि नगरसभा बाट अनुमोदन गरेको साउदले वताए ।
नगरपालिका ईन्जिनियर नविन साउदले भने काम डोजर र मानिसले गरेको हो, त्यहि अनुसार बिल भपाई पेश गरेर भुक्तानि दिएको तर्क पेश गर्छन् । तर महालेखाको प्रतिबेदनमा भने उल्लेख सबै काम ब्यक्तिले गरेको जनाएको छ । महालेखाले असुल गर्न निर्देशन दिएको एक बर्ष भएपनि नगरपालिकाले अशुल गर्नलाई कुनै प्रक्रिया नगरेको पाईएको छ । महालेखाले यो रकम अनियमित भएको सरासर असुल गर्ने प्रतिबेदन पेश गरेको छ । नगरपालिका आर्थिक बर्ष ०७४ । ०७५ मा २० लाख २३ हजार ६ सय ४६ रुपैया असुल गर्न निर्देशन दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार