• होमपेज
  • समाचार
  • चट्याङ लागेर २ सय ५० भेडा मरे

चट्याङ लागेर २ सय ५० भेडा मरे

  • शुक्रबार, भदौ १३, २०७६
चट्याङ लागेर २ सय ५० भेडा मरे

जुम्ला : तिला गाउँपालिका-६ मा बिहीबार परेको चट्याङले भेडा मरेपछि सुडिका किसान चिन्तित बनेका छन्। भुतवाडा पाटनमा अविरल वर्षासँगै परेका चट्याङले २५० भेडा मरेपछि सुडिका किसान चिन्तित भएका हुन्। यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन हो। भेडा मर्नेमा तिला गाउँपालिका ६ का किसान, नुनिलाल रावत, लालबहादुर रावत, जयलाल रावत, बाँचे रावत र देवबहादुर रावतका गरी २ सय ५० भेडा मरेको स्थानीय महावीर रावतले बताए। चट्याङका कारण महावीर रावत सामान्य घाइतेसमेत भएका छन्। व्यावसायिक रूपमा भेडा पालेर बसेका सुडिका किसान भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या भएको नुनिलाल रावतले बताए। ‘चट्याङले हामी किसानको रोजीरोटी खोसिदिएको छ’ उनले भने, ‘कर्णाली क्षेत्रमा भेडापालन व्यावसायिक किसानको लागि आम्दानीको पहिलो स्रोतको रूपमा मानिदै आएको छ।’ उनका अनुसार जुम्लामा कहिले हिमपातले त कहिले चट्याङको मारमा किसान पर्दै आएका छन्। ‘हिउँदयाममा हिमपात र वर्षायाममा चट्याङका कारण हाम्रो आय स्रोत बढ्न दिँदैन’ उनले भने ‘भेडा मरेर भुतवाडा पाटनबाट खोलासम्म पुगेका छन्, चट्याङले हामी भने भगवान्को कृपाले बाँचौँ।’ पशुचौपाया जोगाउनै मुस्किल कर्णालीका अधिकांस भेडा पालक कृषकलाई चिसो र चट्याङले आफ्ना पशुचौपाय मर्न थाले पनि सुरक्षा गर्न नसकिने चिन्तामा छन। हिजोआज अधिकांश पशुपालक कृषकलाई चट्याङका कारण पशुवस्तु बचाउन के गर्ने भन्ने चिन्तिा लागेको अर्का किसान जयलाल रावतले बताए। ‘ज्यान जोखिममा राखेर भेडा पाल्दै आएका छौँ’ उनले भने।

चर्चामा

सम्बन्धित समाचार