मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रदेश ७
  • ग्याँस सिलेन्डरमा आगलागी हुदाँ ३ जना घाईते

ग्याँस सिलेन्डरमा आगलागी हुदाँ ३ जना घाईते

  • बिहिबार, भदौ १२, २०७६
ग्याँस सिलेन्डरमा आगलागी हुदाँ ३ जना घाईते

कञ्चनपुर – कन्चनपुरमा ग्याँस लिक भई आगलागी हुँदा ३ जना घाईते भएका छन । पुनर्वास नगरपालिका वडा नम्बर ४ घ गाउँमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको हो ।

ग्यास लिक भई भएको आगलागीमा शान्ता पौडेल, उनका श्रीमान नेत्र प्रसाद पौडेल र धनबहादुर थापा घाईते भएका छन ।

घाईते मध्ये शान्ता पौडेलको अवस्था गम्बिर रहेको प्रहरीले जनाएको छ । शान्ता पौडेलको सरीरमा आगो लागेको र नेत्र प्रसाद र धनबहादुर थापाको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

उनिहरुको उपचारका लागि धनगढी ल्याईएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार