• होमपेज
  • समाज
  • लागु औषध गाजा सहित २ महिला पक्राउ

लागु औषध गाजा सहित २ महिला पक्राउ

  • बिहिबार, भदौ १२, २०७६
लागु औषध गाजा सहित  २ महिला पक्राउ

पाल्पा जिल्ला प्रहरी कार्यालय पाल्पाले लागु औषध गाजा सहित २ महिलालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।

भदौ ७ गते बिहानको समयमा तिनाउँ गाउँपालिका ०३ दोभान स्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी दोभान, पाल्पाबाट प्र.ना.नि. बाल वहादुर घर्ती मगर सहितको टोलीले सडकमा सवारी साधन चेक जाच गर्ने क्रममा पाल्पाबाट बुटवल तर्फ जादै गरेको लु १ ख ५५४७ नं. बस रोकी चेकजाच गर्ने क्रममा गाजा सहित २ महिलालाई पक्राउ गरिएको थियो ।

उक्त बसमा सवार जिल्ला पाल्पा तिनाउँ गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २३ कि सिता वुचा र सोही ठाउँकी बर्ष ४० कि विमा रानाले बोकि लिई हिडेको बोरामा चेकजाँच गर्दा लुकाई छिपाई राखेको ( सिता वुचाको बोरामा ५५० ग्राम गाँजा ) र ( विमा रानाको बोरामा ३५० ग्राम गाँजा ) गरी जम्मा ९०० ग्राम गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी कृष्णराज सापकोटाले बताए ।

चर्चामा

सम्बन्धित समाचार