• होमपेज
  • समाज
  • सेती लोकमार्गमा पर्ने १० हजार बढि रुख कटानीका लागि प्रक्रिया सुरु भएन

सेती लोकमार्गमा पर्ने १० हजार बढि रुख कटानीका लागि प्रक्रिया सुरु भएन

  • बुधबार, भदौ ११, २०७६
सेती लोकमार्गमा पर्ने १० हजार बढि रुख कटानीका लागि प्रक्रिया सुरु भएन

सेती लोकमार्गको दक्षिणी खण्डको पुरक वातावरणीय प्रभाव मूल्याङकनको प्रतिवेदन स्वीकृत भएपनि रुख कटानको आदेशका लागि भने प्रक्रिया सुरु भएको छैन्। पुरक वातवरणीय प्रभाव मुल्याङकनको फाईल मन्त्री परिषदबाट स्वीकृत भएपनि रुख कटानीका लागि प्रक्रिया समेत सुरु नगरीएको हो।

रुख कटानीका लागि आदेश नहुँदा प्रत्येक वर्ष सेती लोकमार्गको दक्षिणी खण्डका लागि विनियोज भएको रकम फिर्ता जाने गरेको छ। सुदूरपश्चिम प्रदेशको समृद्धिसंग जोडिएको लोकमार्गको दक्षिणी खण्डको काम वनकै कारण प्रभावित छ।

तर रुख कटानीका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघिय वन मन्त्रालयलाई फाईल पठाउनु पर्ने हुन्छ तर पठाईएको छैन्। सेती लोकमार्ग दक्षिणी खण्डका प्रमुख राजेशकुमार दासले फायल आयोजना कार्यालयबाट फाईल भौतिक मन्त्रालय सम्म पुगेपनि अगाडी बढ्न नसकेको बताए।

‘वनकै कारण कैलालीको बौनिया–तेलेगाड ८४ किलोमिटर सडक खण्डको काम पूर्ण रुपमा ठप्प छ,’ उनले भने, ‘सेती लोकमार्गको टिकापुर–लोडे–चैनपुर सडक खण्डमा सबैभन्दा बढि रुखहरु छन्।’ सडक क्षेत्रको एक सय ६४ दशमलव ९८ हेक्टर क्षेत्रमा १० हजार तीन सय ४३ रुख कटानी गर्नु पर्ने वातावरणीय प्रभाव मुल्याङकनले देखाएको छ।

यी रुख कटानीका लागि मन्त्रीपरिषदको निर्णय आवश्यक हुन्छ। दक्षिणी खण्डमा पुरक वातावरणीय प्रभाव मुल्याङकनमा साँज, शिरिस, सिमल, कुसुम, सधन, हल्दु, फलाट, लालिगँुरास, कटुस, बाँझ, खसु्र, सल्ला, साल, चिलाउने, उतिस, वर, जामुन, मौवा, भलायो, बर्रो, हर्रो, अंगेरी, टुनी, चिउरी, काउलो लगायतका रुख काट्नुपर्ने देखाएको छ। सेती लोगमार्ग क्षेत्रमा पर्ने बस्तीहरुको पनि बृद्धि भएको छ।

लोकमार्गको उत्तरी खण्डको काम पनि वर्षातको कारण देखाउदै बन्द भएको छ। गत  आर्थिक वर्षमा सुस्त गतीमा भएको काम अहिले निर्माण कम्पनीले वर्षाको कारण देखाउदै रोकेको हो। दुई खण्डमा २०७२ साल देखि निर्माण थालिएको सडक निर्माणको काम कछुवा गतीमा हुँदा ठुलो रकम फिर्ता जाने गरेको छ।

उत्तरी खण्डका सुचना अधिकारी दानवहादुर चन्दले काम सुस्त गतीमा रहेको स्वीकार गरे। रुख कटानीका लागि आदेश नभएर काम प्रभावित भएका बेला नेताहरुले समेत पहल गरेका छैनन्। यता प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलले रुख कटानीका लागि प्रक्रिया थालिएको दावी गरे।
साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार