• होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुका तिज सम्बन्धि दु:ख शुखमा रमाउने मुक्तकहरु.

कलक राेकाया सानुका तिज सम्बन्धि दु:ख शुखमा रमाउने मुक्तकहरु.

  • बुधबार, भदौ ११, २०७६
कलक राेकाया सानुका तिज सम्बन्धि दु:ख शुखमा रमाउने मुक्तकहरु.

१.

तिज अायाे फेरि कसरी मनाउने,
साडी अनि सुन छैन कति रमाउने।
सामान्य व्रत बस्छु चटकफटक हन्न भन्छिन,
याे दु:खीकाे अागनमा कसरी बनाउने।
२.
७० हजार नाग्याे सुन छैन अाफ्नाे,
खान लाई हेर्छु घर नुन छैन अाफ्नाे।
सारा संसार स्वार्थमा बिक्दा अाफन्त,
केहि तारा अनि जुन छैन अाफ्नाे।
३.
अरु मेला पात जालान म जाने छैन हजुर,
व्रत बस्छु पानी समेत खाने छैन हजुर।
अरु सुन लगाउदै नाच्दै रमाईलाेमा हुदा,
म सिन्दुर चुरा पाेते बाहेक लाने छैन हजुर।
४.
देख्छु मेहेन्दि र चुराले सजाएका हातमा,
सधै खुशि हुन पाउ हरेक तिम्राे साथमा ।
अझै सम्बन्ध मजभुत बनाउन अब थप,
मान्ने गर्छुनि प्रिय अब केही तिम्रा बातमा ।
५.
याे तिजमा ताल मिलाई नाचेकाे राम्रो,
मुसुक्क दन्ते दहर देखाई हासेकाे राम्रो ।
श्रीमान श्रीमतिकाे सद्भाव बड्दै जादा,
जिउनु जुनि-जुनि संगै बाचेकाे राम्रो ।
६.
राताे साडी राताे पाेते चुरा अनि टिकि,
तिजकाे बेला बन्द गरे जाताे अनि ढिकि।
व्रत बसे शिवजिकाे पानी पनि नखाई,
नाचगान गर्छाै नक्कल गर्नु हुन्न सिकि।
७.
बर्ष-बर्ष महादेवकाे व्रत पुजा लाए,
साेचे जस्तै भने जस्तै स्वामी राजा पाए,
मन खुशि तन खुशि घरमा पनि खुशि,
अायु सदभाव मिलाेस मन्दिरैमा धाए।
-कलक राेकाया सानु
गाैमुल ०६ सालीकाेट बाजुरा
[email protected]

चर्चामा

सम्बन्धित समाचार