मङ्लबार, असार १८, २०८१
  • होमपेज
  • समाज
  • चितवनमा बम विस्फोट, प्रशासनद्धारा कर्फ्यू जारी !

चितवनमा बम विस्फोट, प्रशासनद्धारा कर्फ्यू जारी !

  • सोमवार, भदौ ९, २०७६
चितवनमा बम विस्फोट, प्रशासनद्धारा कर्फ्यू जारी !
फाइल तस्वीर

चिनतवनमा बम विस्फोट भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका २ सिमलघारीमा बम बिस्फोट भएको हो ।

कयर खोला किनारमा आईतबार राति बम बिस्फोट भएको चितवन प्रहरीले जानकारी दिएको छ । बिस्फोटबाट मानविय र भौतिक क्षति नभएको प्रहरीको भनाई छ । विप्लब नेतृत्वको नेकपाले आज आह्वान गरेको चितवन बन्दको पूर्वसन्ध्यामा विस्फोट गराएको हुनसक्ने प्रहरी अनुमान छ ।

चितवनमै दिनभरी पुडासैनी प्रकरणले प्रदशनकारी र प्रहरीबीच झडप हुदा दिनभरी अवस्था आतंकित बनेको थियो । प्रदर्शनकारीले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका १० वरिपरिका केही क्षेत्रमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने आदेश जारी गरेको छ । टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाईको माग गर्दैै भएको प्रदर्शन र त्यसबाट हुने अशान्तिलाई मध्यनजर गर्दै भरतपुर महानगरका केही स्थानमा भदौ ९ गते आज बिहानदेखि अर्को आदेश जारी नहुन्जेलका लागि सो आदेश जारी गरिएको हो । बिहान ६ बजेसम्मको लागि आदेश जारी गरिएपनि हालसम्म अर्को कुनै आदेश आएको छैन ।

चर्चामा

सम्बन्धित समाचार