• होमपेज
  • बाजुरा बिशेष
  • न्यायिक समिति र प्रहरीलाई अभिमुखीकरण

न्यायिक समिति र प्रहरीलाई अभिमुखीकरण

  • आइतवार, भदौ ८, २०७६
न्यायिक समिति र प्रहरीलाई अभिमुखीकरण
न्यायिक समितिका पदाधिकारी र प्रहरीलाई लैङ्गिक हिसां र कानुनी प्रक्रिया सम्वन्धि अभिमुखिकरण कार्यक्रम --तस्वीर पत्रकार नन्दा थापा

नन्दा थापा
भदौ ८, बाजुरा
न्यायिक समितिका पदाधिकारी र प्रहरीलाई लैङ्गिक हिसां र कानुनी प्रक्रिया सम्वन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । प्रहरी र न्यायिक समितिका सदस्यलाई लैङ्गिक र कानुनी प्रावधान बारेमा अभिमुखिकरण गरिएको हो ।
लैङ्गिक हिसां न्युनिकरणको लागि बहु क्षेत्र समन्वय र साझेदारीका क्षेत्रहरु पत्ता लगाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको जपाईगोका जोना भट्टराई बताएकी छन् । अभिमुखिकरण लैङ्गिक हिसां विरुद्धका लागि विद्यमान चुनौतीहरु, बाद्यकहरु र सहजीकरण गर्ने तत्वको पहिचान गर्न सक्ने क्षमता विकास गर्न प्रहरी र न्यायिक निकायलाई अभिमुखिकरण तालिम लिईएको उनले बताईन ।
३ दिनसम्म सञ्चालन गरिएको अभिमुकरणमा महिला माथि हुने हिसां न्यनिकरण र घटिसकेपछि प्रहरी र न्यायिक निकाय विच अन्तरसम्वन्ध बलियो बनाउनु पर्ने जस्ता विषयमा छलफल भएको छ । जिल्ला सदरमुकाम मार्तडीमा आयोजना गरिएको अभिमुखिकरणमा लैङ्गिक हिसांका घटना व्यववस्थापन र यसका चुनौती र समस्या समाधान उपायका बारेमा जानकारी गराईएको छ ।
जिल्ला समन्वय समितिको आयोजना सञ्चालन भएको अभिमुखिकरण कार्यक्रममा बुढीगंगा नगरपालिका न्ययिक समितिका पदाधिकारी, प्रहरीको सहभागिता रहेको छ । अभिमुखिकरणको अधिवक्ता मिरा ढुङ्गाना, जपाईगोका जोना भट्टराई लगायतले सहजीकरण गर्नुभएको हो ।
लैङ्गिक हिसां न्युनिकरणको लागि बहु क्षेत्र समन्वय र साझेदारीका क्षेत्रहरु पत्ता लगाउन सके महिलालाई न्याय दिन सकेको महसुस हुने जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक उद्धवसिहं भाटले बताए । उनले महिलाबाट उजुरी नै कम आउने गरेका कारण आफै हिसां भोग्न बाध्य भएको बताएका छन् । लैङ्गिक हिसां सम्वन्धिका घटना आफुकहाँ आए कानुनी उपचार र न्याय दिन लागि कुनै कसुर बाँकी नराख्ने जिकीर गरेका छन् ।
बुढीगंगा नगरपालिका न्यायिक समितिका संयोजक तारा खातीले कानुनी प्रक्रिया र न्यायिक उपचार दिन गाह्रो भएको बताउदै उनले जपाईगोको अभिमुकरणले मिलापत्रमा सहज हने बताईएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार