• होमपेज
  • विचार/ब्लग
  • भौतिक बिकासमा तिब्रता चेतनाको बिकासमा सुस्तता

भौतिक बिकासमा तिब्रता चेतनाको बिकासमा सुस्तता

  • आइतवार, भदौ ८, २०७६
भौतिक बिकासमा तिब्रता चेतनाको बिकासमा सुस्तता
लेखक । उपेन्द्र बिष्ट

 एक दशक यता नेपाल जस्तो बिकसोन्मुख देशमा भौतिक बिकासका कार्यहरु तीब्र गतिमा चलिरहेका छ्न । नेपाल जस्तो अर्धसामन्ती र अर्धउपनिवेसिक मुलुकमा बिदेशीहरुको लगानीमा स्वदेसमा काम गरेर दाम कमाउनेहरु पनि छ्न समाजको बिकास क्रम संगै मानवीय चेतनाको बिकाशका दृटिकाेणले हामी अझ एक दसक पछाडी छौ । के भौतिक संरचना को बिकाश र आर्थिक जिबन स्तरमा सुधारले मात्र समाजको बिकाश पुर्ण हुन्छ त ? पुर्ण हुदैन साथ साथै मानवीय चेतना को बिकाश बिना समाज अपांग र अन्धो हुन्छ ।

अझै पनि हाम्रो समाज महिलालाई दबाउने हेप चेप गर्ने पुरुषको अधिनमा राख्न खोज्ने पिर्तिसतात्मक सोच वरिपरी घुमिरहेको छ । थोरै पनि मनबियता नभएका अनुवारमा मानबको रुप लिएर आएका तर व्यबहारमा एक पशुको जति पनि ब्यबहरिक नहुने मानबहरु पनि छ्न तल्लो मथिल्लो जात भनेर गरिने बिभेदित संरचना का बनावट पनि धेरै देख्न पाइन्छ । के हाम्रो समाजले परम्परागत सैलीमा अनुसरण गरेको बाटो सहि छ त ? तेसै कारण हाम्रो सामाजिक चेतनामा सुधार ल्याउन अनिवार्यता दे खिन्छ । मान्छे काम का आधारमा निम्न र उच्च बर्गकाे हुन्छ र ? पैसा र सम्पती का आधारमा मानव समाजको स्तर मापन गर्न सकिन्छ र ? मेरो बिचारमा यी सब गलत हुन । मानब चेतनाका हिसाबले मात्र बर्गियता मापन गर्न सकिन्छ जस्तो लाग्छ त्यो मापन गर्ने एक मात्र यन्त्र हो । मान्छेको व्यबहार तेहि ब्यबहार र शैलीमा सुस्तताका कारण नेपाली समाज पछाडी परेको छ ।

बिदेशमा गएर जुन सुकै काम गर्न तयार हुने स्वदेसमा कुखुरा बाख्रा पालन तरकारी उत्पादन र उत्पदनमुलक काम लाई लत्याइर्हेका हुन्छौं । कपाल काट्ने देखि लिएर हाम्राे देशकाे कच्चा पदार्थ संकलन गरेर आर्थिक रुपमा बलियो हुने भारतिय नागरिक दिनमा 1000 – 5000 सम्म नाफा कमाउछन । बिदेशमा गएर नेपालिहरुले के काम गर्छन् मलाई राम्राे संग थाह छ । अमेरिकी साम्राज्यवाद र भारतिय बिस्तारबाद काे बिराेध गर्नु भन्दा अगाडि हाम्रो देश भित्र रहेकोे कामको सदुपयोग र देश भित्रको दलालिकण , घुस्खाेरी , तस्करी , कालाेबजारी , जस्ताे मानसिकताकाे अन्त्य गरि नेपाली उत्पादन क्षमता लाई राज्यले बचाउ गर्न जरुरी छ । सिमानामा काडेतार लगाएर नेपालमा 1 m m पनि कालो माल भित्रीन नपावस , दलाल र तस्कर मानसिकता अन्त्य हुनेछ । नेपालमा अन्तर्राष्ट्रिय भाषा बाहेकका भासा बाेल्न बन्देज लगाइयाेस, बिदेशि फिल्म नेपालि हलमा लगाउन बन्द गरियाेस , नेपाली उत्पादन लाई धेरै नाफामुलक मूल्य निर्धारण गर्न नेपालमा सामुहिक उत्पादन प्रणालिकाे बिकाशका साथ साथै नेपाल को पहिचान संग संगै हामी नेपाली को चेतना को बिकाश सम्भब हुनेछ र राष्ट्रियताकाे भाबनाकाे बिकाश समेत हुनेछ ।

संसारका अरु देशहरु कहाँ पुगिसके जुन चिज को हाम्रो समाजले पुजा गर्छ । चन्द्रमा त्याहा मान्छेले दिसा गरेर फर्किसके जुन चिज बोल्दैन अजिब छ कुनै चेतना नै छैन ढुङ्गा तेस्को पुजा आजा मा ब्यस्त छ्न तेसैका आधारमा समाज्मा गलत सामाजिक मुल्य मान्यता को बिकाश भएका छ्न ।

चर्चामा

सम्बन्धित समाचार