मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • समिक्षाको झुटो स‌सार गजल

समिक्षाको झुटो स‌सार गजल

  • आइतवार, भदौ ८, २०७६
समिक्षाको झुटो स‌सार गजल

सेतो कात्रोमा गोजि हुदैन ,
मसानघाटमा रोजी हुदैन ।
किन तछाड मछाड गर्दैछौं ?
मृत्यु पश्चात् खोजी हुदैन ।।
जीवन अजम्बरी हुदैन ,
एकनास सधैंभरी हुदैन ,
के को घमण्ड गर्दैछौं ?
झुटो संसार जुनिभरी हुदैन ।।
त्यो मुर्दामा माया हुदैन ,
अन्त्येष्टि पश्चात् छाया हुदैन ।
दुनियाँमा स्वार्थ मात्र किन ?
जाने दिन दैब पनि दायाँ हुदैन ।।
आउने कालको रुप हुदैन ,
नलगेसम्म उ चुप हुदैन ।
किन तेरो मेरो अहंकार ?
जाने दिन कसैको रोकावट हुदैन ।।

समिक्षा बिष्ट
बुढिगंगा नगरपालिका ७ बाजुरा

चर्चामा

सम्बन्धित समाचार