• होमपेज
  • देश
  • प्रहरी महानिरीक्षक खनालले चितवन पुगेर भेटे रवि लामिछानेलाई

प्रहरी महानिरीक्षक खनालले चितवन पुगेर भेटे रवि लामिछानेलाई

  • शनिबार, भदौ ७, २०७६
प्रहरी महानिरीक्षक खनालले चितवन पुगेर भेटे रवि लामिछानेलाई

चितवन : चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भेट गरेका छन् ।

चितवनस्थित जिल्ला प्रहरी कार्यालय भ्रमणका क्रममा खनालले लामिछाने र उनीसँगै हिरासतमा रहेका युवराज कँडेललाई भेटेका हुन् । खनाल शुक्रबार चितवनको जिल्ला प्रहरी कार्यालय निरीक्षणको क्रममा थिए ।

कार्यालय निरीक्षणको समयमा उनले लामिछानेलाई भेट गरेको चितवन प्रहरीले जनाएको छ । लामिछानेका पूर्वसहकर्मी शालिकराम पुडासैनी चितवनकै होटल कंगारुमा गत साउन २० गते झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आफूलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै खिचेको भिडियो सार्वजनिक भएपछि रविलगायत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार