शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुद्वारा सामूहिक राजीनामा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुद्वारा सामूहिक राजीनामा

  • शुक्रबार, भदौ ६, २०७६
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुद्वारा सामूहिक राजीनामा

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले सामूहिक राजीनामा दिएका छन् । उपकुलपति प्रा.डा. संगीता खड्काले आफूहरुलाई बिभिन्न बाहनामा स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने, धम्की दिने लगायतका काम गरेको आरोप लगाउँदै उनीहरुले बिहीबार सामूहिक राजीनामा दिएका हुन् ।

उपकुलपतिलाई नै सम्बोधन गरिएको राजीनामा पत्रमा लेखिएको छ, ‘चरम मानसिक पीडाको स्थिति सिर्जना भएको कारण हामी आज उप्रान्त कुनै पनि किसिमको चिकित्सकीय काम गर्न नसक्ने स्थिति भएको जानकारी गराउन चाहान्छौं । यसका साथै आजदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हामी सम्पूर्ण चिकित्सकले बाध्य भई सामूहिक राजीनामा दिएको कुरा जानकारी गराउँदछौं ।’ राजीनामा दिएकाहरुको सूचीमा २५ जनाको नाम लेखिए पनि हस्ताक्षर भने २२ जनाको मात्र छ ।

हेर्नुहोस् राजीनामा दिनेहरुको नामावली

चर्चामा

सम्बन्धित समाचार