• होमपेज
  • देश
  • बारपाकमा पहिरो, ३० घर जोखिममा

बारपाकमा पहिरो, ३० घर जोखिममा

  • शुक्रबार, भदौ ६, २०७६
बारपाकमा पहिरो, ३० घर जोखिममा

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ मा पहिरो जाँदा एक घर पूर्ण रुपमा क्षति भएको छ। बुधबार राती परेको वर्षापछिको पहिरोले पसलसहितको एक घरमा क्षति पुगेको हो भने पहिरोबाट ३० भन्दा बढी घर जोखिममा परेको वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए। ‘पहिरोले पसल भएको घर बगाएको छ। अरु धेरै घरमा क्षति पुगेको छ’, उनले सेतोपाटीसँग भने। २०७२ साल बैशाख १२ मा भूकम्प गएपछि विस्थापित भएकाहरूले बनाएको घर टहरामा पहिरोले क्षति पुगेको छ। पहिरो पीडितहरुलाई त्रिपाल लगायत राहत सामाग्री वितरण गर्ने वडाध्यक्ष गुरूङले बताए।

चर्चामा

सम्बन्धित समाचार