• होमपेज
  • प्रदेश ७
  • रेडियो नेपाल दीपायलका कार्मचारीको पुनर्वहालीको माग गर्दै धर्ना

रेडियो नेपाल दीपायलका कार्मचारीको पुनर्वहालीको माग गर्दै धर्ना

  • बिहिबार, भदौ ५, २०७६
रेडियो नेपाल दीपायलका कार्मचारीको पुनर्वहालीको माग गर्दै धर्ना

रेडियो नेपालमा कार्यरत तीन जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेपछि पुनर्वहाली गर्नु पर्ने माग गर्दै धर्ना सुरु गरिएको छ। पत्रकार महासंघ डोटीको अगुवाईमा प्रदेश प्रशारण केन्द्र दीपायलको गेटमा धर्ना सुरु गरिएको हो। रेडियो नेपालमा कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिना सुचना बर्खास्त गरेपछि धर्ना सुरु गरेको पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरले बताए।

उनले वर्खास्त गरिएका तीनै जनालाई पुनर्वहाली गर्नु पर्ने बताए। रावल १० बर्ष देखि रेडियो नेपालमा कार्यरत थिइन भने बम र कुँवर तीन बर्षदेखि कार्यरत थिए। तीनै जनालाई गत सोमबार रेडियो प्रसार सेवा विकास समितिले जागिरबाट बर्खास्त गरेको थियो। उनीहरुको स्थानमा अन्य तीन जनालाई नियुक्ती दिईएको छ। दिनेश खवरबाट शाभार

चर्चामा

सम्बन्धित समाचार