बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आज गौराको तेस्रो दिन

आज गौराको तेस्रो दिन

  • बिहिबार, भदौ ५, २०७६
सेयर गर्नुहोस् :
आज गौराको तेस्रो दिन

आज सुदूरपश्चिम क्षेत्रको मौलिक पर्व गौराको तेस्रो दिन, आजको दिनलाई अमुक्ताभरण सप्तमी भनेर चिनिन्छ। ‘बुधवार बिरूडा पखाल्ने कार्य सम्पन्न भईसकेपछि आज गौरा पूजनको प्रमुख कार्य हुन्छ,’ कैलाली जनपुस्तकालयका अध्यक्ष डाक्टर टिएन जोशीले भने, ‘ब्रत बसेका र नयाँ ब्रत बस्न चाहने बिबाहित महिलाहरू बिहानै नुहाइधुवाइ गरी दिनभरि उपबास बसेर गौरा पूजनमा सहभागी हुन्छन्।’

गौरा पूजनको बिधिमा एकरूपता भने नरहेको उनले बताए। डोटी जिल्लाको गौरा पूजन र बैतडी दार्चुलातिरको गौरापूजनमा केही असमानता पनि देखिन्छ।

ब्रत गर्ने नारीहरूले आज बिहानै उठेर स्नान गरी धोएको बस्त्र लगाएर नित्यकर्म सकेपछि मंगलद्रव्य( चन्दन, अक्षता, फूल) आदि संगै लिइ तीन, पाँच वा सात जना महिलाहरु मिलेर धानले भरिपूर्ण खेतमा जाँदै महेश्वरको प्रतीक स्वरूप साउँधानको बोटाहरू नजिक गएर पूजा गरिसकेपछि साउँधानका बोटहरू उखेल्न चलन रहेको छ।

सोही समयमा फाग गाउँदै बेलको बोट, अपामार्ग आदि एकै साथमा राखेर आउँछन्। पछि बाजासहित गौरालाई घरभित्र भित्र्याएर सुख, समृद्धिको कामना गर्दे पूजा प्रारम्भ हुन्छ।

साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार