शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • अछाममा जीप दुर्घटना : ३ जनाको मृत्यु

अछाममा जीप दुर्घटना : ३ जनाको मृत्यु

  • बिहिबार, भदौ ५, २०७६
अछाममा जीप दुर्घटना :  ३ जनाको मृत्यु

अछाममा जीप दुर्घटना हुँदा बैतडीका एकजनासहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको बान्नीगढी जयगढ गाउँपालिका ४ का अशोक परियार, बान्नीगढी जयगढ गाउँपालिका ४ कै काले परियार र बैतडी घर भई अछाममा सवारी चालकको काम गर्दै आएका लाल बोहरा रहेका प्रहरीले जनाएको छ ।
दुघएटनमा अन्उ ३ जना घाइते भएका छन् । घाईते हुनेमा बान्नीगढी जयगढ गाउँपालिका ४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका सवारी चालक जँङिर चौधरी, कैलाली धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी रहेका छन । घाईतेको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।
बुधवार राती अछामको मुजाबगरबाट जयगढ जादैं गरेको से १ ज ९९५ नम्वरको जीप जयगढ माझेठाना सडक खण्ड अन्तर्गत सुकिबाग डिल्ली बजार नजिक दुर्घटनामा परेको हो । जीप सडकबाट सडक बाट करिव ५ सय मिटर तल खसेकोे छ ।दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार