• होमपेज
  • समाज
  • शल्यक्रिया गरेका बिरामीको मृत्युपछि अस्पतालमा तनाव

शल्यक्रिया गरेका बिरामीको मृत्युपछि अस्पतालमा तनाव

  • बुधबार, भदौ ४, २०७६
शल्यक्रिया गरेका बिरामीको मृत्युपछि अस्पतालमा तनाव

धनगढी : धनगढीस्थित निर्सग अस्पतालमा शल्यक्रिया गरेका बिरामीको मृत्यु भएपछि तनाव भएको छ। कञ्चनपुर भीमदत्त नगरपालिका-१२ ओदालीका ५० वर्षीय मदनसिंह भण्डारीको मृत्यु भएपछि अस्पतालमा तनावग्रस्त भएको हो।

भण्डारीलाई सोमबार बिहान ७ बजे पित्तथैलीको शल्यक्रियाका लागि अस्पताल भर्ना गरेको थियो। उनको दिउँसो साढे ३ बजे पित्तथैलीको अप्रेसन गरिएको थियो।

डाक्टर निराज आलम अन्सारको समूहले अप्रेसन गरेका हुन्। उनका साथमा चन्द्रसिंह भण्डारी मात्र थिए।मृतका आफन्तले  अस्पाताल बाहिर राखेका गमललगायतका सामग्री तोड्फोड गरेका छन्।

उनको सोमबार राति १२ बजेतिर मृत्यु भएपनि आफन्तलाई मंगलबार दिउँसो मात्र अस्पताल प्रशासनले जानकारी दिएको हो । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका छन्।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच अहिले छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

अस्पातल गेटमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। चेकजाँच पछि मात्र गेटबाट भित्र-बाहिर जान दिएको छ । अस्पताल सञ्चालक समितिले आधिकारिक विज्ञप्ति भने निकालेको छैन।अस्पताल सञ्चालक समितिका सदस्य कुवेर शाहीले अप्रेसनपछि हृदयघातका कारण बिरामीको मृत्यु भएको जानकारी दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार