शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • अन्धविश्वासका कारण महिलाहरु पोषण खाना खानबाट बञ्चित

अन्धविश्वासका कारण महिलाहरु पोषण खाना खानबाट बञ्चित

  • आइतवार, भदौ १, २०७६
अन्धविश्वासका कारण महिलाहरु पोषण खाना खानबाट बञ्चित

रमित वि.क.
भाद्र,१बाजुरा
जिल्लाका अधिकांस स्थानीय तहमा अझै पनि महिनावारी र सुत्केरी महिलालाई दुधदही नदिने चलन कायमै रहेको पाईएको छ । सामान्य अवस्था भन्दा महिनावारी र सुत्केरी भएको बेला महिलालाई बढी पोषिलो खाद्य वस्तुको आवश्यकता पर्ने गर्दछ ।
बडिमालिका नगपालिका–७ सिराडीकी कल्पना विकले बताएकी छन् । यद्देपी बाजुराका ग्रामिण भेगमा भने दुध दही मही लगायतका गोरस जन्य वस्तु केही दिदैनन् । सुत्केरी र महिनावरी भएकी महिलाले परम्परागतरुपमा नत गाईवस्तुलाई छुन मिल्छ नत गोरस प्रयोग गर्न मिल्छ,सोही वडाकी मासमति विकले बताएकी छन् ।
बाहिर सरेको बेला गाईवस्तलाई छोएमा सुक्दै जाने,विरामी हुने र देवी देउता पनि रिसाउने हुदाँ गाईवस्तुलाई छुने हिम्मत नै नगरेको उहाँले बताएकी छन् । जिल्लाको केहीँ स्थानीय तहमा फाट्फुट्ट गोरसको प्रयोग गरेता पनि बाँकी जिल्लाका स्थानिय तहका ग्रमिण भेगका सुत्केरी र महिनावारी भएकी महिलालाई दुधदही अझै नदिने गरेको बडिमालिका नगरपालिका–९ का गोपाल विकले बताएका छन् ।
उसो त अधिकांस ग्रामिण भेगमा गाई भैंसीको दुध, दही, मही विक्री गर्ने चलन अहिले केहीँ मात्रामा रहेको छ । दुधदही विक्री गरे देउता रिसाउने भन्दै विक्री गर्न नमानेको बडिमालिका नगरपालिका–३ रजालीका स्थानीय जुना रोकायाले बताएकी छन् । जसले गर्दा व्यवसायिक प्रणालीको विकास हुन सकेको छैन ।
जब सम्म मान्छे ब्यवसायिक हुंदैन तब सम्म उसको आय आर्जनमा बृद्धि हुन सक्दैन उनको ठम्याई रहेको छ । गौमुल गाउँपालिका–६ टुनीकी रचना विकले भनिन यो परम्परागत अन्धविश्वासका विरुद्ध गाउँ–गाउँमा अभियान सञ्चालन गर्नुपर्दछ ।
यता जिल्ला अस्पताल बाजुराका डा.रोहित गिरीले भने महिनावारी र सुत्केरी भएको बेला रगत बढी बग्ने र शरीरमा कमजोरीको महसुस हुने भएकाले यो अवस्थामा दुध,दही,हरियो सागपात,माछा मासु लगायत साविकको भन्दा पोषिलो खाने कुरा बढी प्रयोग गर्ने आग्रह गर्नुभएको छ ।
जसले आमा र शिशु दुबैलाई फाईदा गर्दछ । अझ सुत्केरी महिललाले त बच्चा र आफूलार्ई कुपोषणवाट बचाउन पोषिलो खानेकुराको आवश्यकता पर्ने उहाँको भनाई रहेको छ । अन्धविस्वास रुढीबादीका पछाडी नलागि उपलब्ध पोषिलो खानेकुराको प्रयोग गर्न स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार