• होमपेज
  • समाचार
  • कञ्चनपुर: किशोरीमाथि सामूहिक बलात्कार,दुईजना पक्राउ

कञ्चनपुर: किशोरीमाथि सामूहिक बलात्कार,दुईजना पक्राउ

  • आइतवार, भदौ १, २०७६
कञ्चनपुर: किशोरीमाथि सामूहिक बलात्कार,दुईजना पक्राउ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरी मुक्त कमैंया शिविरकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय झलारीको टोलीले बलात्कारको आरोपमा वडा नम्बर ११ का १९ वर्षीय धिरेन्द्र थापा र भुपेस ऐरलाई पक्राउ गरेको हो।

उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए। बलात्कारमा संलग्न भनिएका एक जना भने फरार छन्।

किशोरीका श्रीमान मजदुरीका लागि भारतमा छन्। उनीहरुले किशोरीलाई शुक्रवार राति घर नजिकैको खोलामा बोलाई बलात्कार गरेको बताइएको छ। घटना स्थलमा कण्डम, चप्पल, खुकुरी, अण्डरवेयरलगायतका सामान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले पक्राउ परेकाहरु माथि अनुसन्धान भैरहेको बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार