• होमपेज
  • समाज
  • रबी लामिछानेका समर्थकलाइ लेखिन् करिश्माले यस्तो स्टाटस

रबी लामिछानेका समर्थकलाइ लेखिन् करिश्माले यस्तो स्टाटस

  • आइतवार, भदौ १, २०७६
रबी लामिछानेका समर्थकलाइ लेखिन् करिश्माले यस्तो स्टाटस

केहि दिन अघी सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै  रवी समर्थकहरुलाई भेडाको संज्ञा दिएकी करिष्मा मानन्धरले काल्पनीक अर्थ नलगाइदिन अनुरोध गरेकी छिन् । अहिले चर्चामा रहेको शालिकराम पुडासैनी मृत्युलाई लिएर चर्चित नायिका करिश्मा मानन्धरले राखेको फेसवुक स्टाटसलाइ लिएर केहि व्यक्ति तथा अनलाइनहरुले भेडा भनेको भन्दै चर्चा परिचर्तचा गरेका थिए। शालिकरामलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा अहिले पत्रकार लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अहिले हिरासतमा बसेका छन् । अहिले पत्रकार रबी लामिछानेको समर्थकहरुले चितवनमा दैनिक रुपमा विरोध पनी जनाउँदै आइरहेका छन् ।

यस विषयमा मानन्धरले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा यस्तो छ उनको स्टाटस राख्नुभएको छ । पढ्नुहोस् वहाँको जस्ताको त्यस्तै स्टाटस । आदरणीयहरु मा के आग्रह गर्न चाहान्छु भने कुनैपनि शब्दको अतिवादी सोच बनाउदै तेस्को काल्पनिक अर्थ नलगाई दिनु होस , म पनि जनता ले नै बनाएको मानिस हु , समाज प्रती उतरदाइत्व महसुस गर्ने मानिस हु ।तेसैले जब केही चित्तबुझ्दो नलागेमा सामाजिक संजाल मा केही लेख्ने गर्छु । अस्ति लेखेको लेखमा जुन शब्द प्रयोग गरेको थिये त्यसामा जनतालाई भेडा भनेको होइन , भेडो सोझो हुन्छ , खराव होइन ! त्यो भेडो पनलाई इन्कित गरेको हु । नेपाल को जनसंख्या २६४९४५०४ सबै मेरा प्यारा र आदरणीय हुनुहुन्छ , वाहाहरु को मायाले आज यो कलाकार करिश्मा मानन्धर छ ।

तर के चाहिँ हो भने कतिपय आवस्थामा हाम्रो अग्रिम या छिटो प्रतिक्रियाले परिस्थिति असहज बनाउछ , कतिपय कुरामा राज्यको कामकारबाही असहज हुन्छ , हामी एउटा कानुनी राज्यमा बस्छौ कि त यो देशको कानुन नमान्न पर्यो कि राज्यलाई सहयोग पुराउनु पर्यो ! राज्यको कामकारबाही सहि नभएमा अवस्य पनि आपत्ति उठाउनु पर्छ । सहि तरिकाले काम गर्नु शान्ति सुरक्षा कायम गर्नु राज्यको दाइत्व हो ।
फेरि यो मैले अहिले भैरहेको केस बारे भनेकै होइन यो हरेक केस मा हो । राज्यले सहि तरिकाले कामकामकारबाही गर्न असमर्थ भयेका कारण अराजकता फैलियो भनेको हु । अन्त्यमा मेरो शब्दले मेरो शब्द अफुलाइ भनेको हो भनेर रिसाउनु भएको छ भने माफ गरिदिनु होला ।त्यो कुनै व्यक्तिलाई भनेको होइन प्राविधिलाई भनेको हु जसबाट हामी सबै बच्नु पर्छ । शुभदिन ।

चर्चामा

सम्बन्धित समाचार