शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फुटबल
  • एमबाप्पे विश्वकै सर्वाधिक मूल्यवान खेलाडी

एमबाप्पे विश्वकै सर्वाधिक मूल्यवान खेलाडी

  • आइतवार, भदौ १, २०७६
एमबाप्पे विश्वकै सर्वाधिक मूल्यवान खेलाडी

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे विश्वकै सर्वाधिक मूल्यवान खेलाडी बनेका छन् ।

सीआईइएस फुटबल अब्जरभेटरीले सार्वजनिक गरेको सर्वाधिक मूल्यवान खेलाडीको सूचीमा एमबाप्पे शीर्ष स्थानमा परेका हुन् । फ्रान्सका यूवा फरवार्ड एमबाप्पेले लिभरपुलका मोहमद सलाह र म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङलाई पछि बनाए ।

फुटबल अब्जरभेटरीले गरेको अध्ययन अनुसार एमबाप्पेको मूल्य २३० मिलियन पाउण्ड रहेको छ । यस्तै दोस्रो स्थानमा रहेका सलाहको मूल्य २०० मिलियन पाउण्ड र स्ट्रलिङको मूल्य १९० मिलियन पाउण्ड रहेको छ ।

यस्तै चौंथो स्थानमा रहेको बार्सिलोनाका कप्तान लियोनल मेस्सीको मूल्य १५३ मिलियन पाउण्ड र १४५ मिलियन पाउण्डसहित बोरुसिया डर्टमण्डका जाडोन सान्चो पाँचौं स्थानमा रहेका छन् ।
त्यस्तै लिभरपुलका साडियो माने १४४ मिलियनसहित छैटौं, टोटेनहमका ह्यारी केन १४३ मिलियनसहित सातौं, लिभरपुलका रोबर्टो फिर्मिन्हो १३२ मिलियनसहित आठौं, बार्सिलोनाका एन्टोनी ग्रीजम्यान १३१ मिलियनसहित नवौं र म्यानचेस्टर सिटीका लोरी साने १२५ मिलियनसहित दशौं स्थानमा रहेका छन् ।

इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो शीर्ष १० मा अटाएका छैनन् । २० औं स्थानमा रहेको रोनाल्डोको मूल्य ११८ मिलियन पाउण्ड रहेको छ । म्यानचेस्टर युनाईटेडका पाउल पोग्बा १२५ मिलियनसहित १६ औं तथा पीएसजीका नेयमार १२४ मिलियनसहित १७ औं स्थानमा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार