बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • चितवनमा उर्लियो मानब सागर , रवि लामिछानेलाई रिहाइको माग गर्दै समर्थकद्धारा प्रर्दशन

चितवनमा उर्लियो मानब सागर , रवि लामिछानेलाई रिहाइको माग गर्दै समर्थकद्धारा प्रर्दशन

  • शुक्रबार, साउन ३१, २०७६
चितवनमा उर्लियो मानब सागर , रवि लामिछानेलाई रिहाइको माग गर्दै समर्थकद्धारा प्रर्दशन

काठमान्डौ , प्रहरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेको छन् । उनिहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।लामिछानेसंगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी चितवन ल्याएको छ ।

कडा सुरक्षाका विच उनिहरुलाई मध्यरात १ बजे चितवन ल्याइएको हो । उनिहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । प्रहरी हिरासतमा उनिहरुलाई कार्यालयमा उपलब्ध स्रोत साधन दिएर राखेको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिनुभएको छ । आजै जिल्ला अदालतबाट म्याद थप गरी ल्याएपछि अनुसन्धान सुरु गरिने उहाँले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार