आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • समाज
  • पत्रकार शालिकरामको ‘इडिट’ नगरेको भिडियो पनि सार्वजनिक, रबि सम्पर्कविहिन

पत्रकार शालिकरामको ‘इडिट’ नगरेको भिडियो पनि सार्वजनिक, रबि सम्पर्कविहिन

  • बिहिबार, साउन ३०, २०७६
पत्रकार शालिकरामको ‘इडिट’ नगरेको भिडियो पनि सार्वजनिक, रबि सम्पर्कविहिन

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको भिडियो अहिले निकै भाइरल भएको छ । उनले आत्महत्या गर्नुपूर्व रेर्कड गरेर छोडेको भिडियो बुधबार एउटा युटुव च्यानलमार्फत सार्वजनिक भएपछि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

कतिपयले भिडियो नै ‘इडिट’ गरेर पोष्ट गरियो भन्दै विभिन्न आशंकाहरु गरेका छन् । आज फेरी पत्रकार पुडासैनीको ‘इडिट’ नगरेको भिडियो जस्ताको तस्तै बाहिर आएको छ ।

पुरै १३ः४० मिनेटको भिडियोमा उनले आफुलाई मर्न बाध्य पार्ने न्युज २४ को सिधा कुरा जनतासंगका प्रस्तोता रबि लामिछाने लगायत ३ जनाको नाम नै टिकेर बोलेका छन् । आफुमाथी विभिन्न षड्यन्त्र रच्दै फसाउन खोजिएको र यातना दिइ मर्न बाध्य पारेको उनले रुदै भिडियोमा भनेका छन् ।

रबि सम्पर्कविहिन
पत्रकार पुडासैनीको भिडियो बाहिरिएसंगै रबि लामछानेले आफुलाई लागेको आरोप प्रमाणित भएमा सजाय भोग्न तयार रहेको फेसबुक स्टाटस लेखेका थिए । साथै उनले ‘थप जानकारी केही समयमा गराउने छु । सारा आरोप सुन्दा लाग्यो शालिकरामलाई ठुलो भ्रम परेछ’ भन्दै स्टाटसमा लेखेका रबि २४ घण्टा पुग्नै लाग्दासमेत सम्पर्कबिहिन छन् । उनिले अर्को थप जानकारी केहि दिएका छैनन् ।


डिजिटल ल्याबको रिपोर्ट सार्वजनिक हुँदै
चितवन प्रहरीले घटनाको डिजिटल ल्याबको रिपोर्ट आज सार्वजनिक गर्ने बताएको छ । घटनाबारे सबै रिर्पोट बिहीबारसम्म चितवन प्रहरीलाई आइसक्ने र त्यसपछि रिर्पोटका आधारमा कारवाही अघि बढ्ने चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए ।

घटना अनुसंन्धानका लागि पत्रकार पुडासैनीले रेर्कड गरेर छोडेको भिडियो पनि महत्वपुर्ण रहेको एसपी मल्लको भनाई छ । भिडियोको आधारमा पनि उल्लेखित ब्यक्तीहरुलाई नियन्त्रणमा लिई अनुसंन्धान थालिने उनले बताए ।

पत्रकार पुडासैनीले आफुलाई मर्न बाध्य पार्ने सञ्चारकर्मी रबि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्की मुख्य दोसी रहेको बताएअनुसार उनिहरुमाथी छिट्टै अनुसन्धान सुरु हुने एसपी मल्लले बताए ।

पत्रकार पुडासैनीको इडिट नगरेको भिडियो हेर्नुहोस

 

यो पनि पढ्नुस

चर्चामा

सम्बन्धित समाचार