शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • गर्मीका कारण जापानमा २३ जनाको मृत्यु

गर्मीका कारण जापानमा २३ जनाको मृत्यु

  • बिहिबार, साउन ३०, २०७६
गर्मीका कारण जापानमा २३ जनाको मृत्यु

एजेन्सी– जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ । सो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७५१ जना अस्पतालमा भिड लागेका थिए । मृत्यु भएको र बिरामी भएको यो विवरण गत अगस्ट ५ देखि एक हप्तासम्मको मात्रै भएको अधिकारीहरुले जनाएका छन् । अस्पताल गएका मध्ये ४०० जनालाई भर्ना नै गर्नु परेको उनीहरुको भनाइ छ । प्रभावित भएका मध्ये सबैभन्दा धेरै टोकियोका रहेका छन् ।

अधिकारीहरुका अनुसार टोकियोका मात्रै १४ सय ६५ जना अस्पताल गएका थिए भने सैतामाका ९७७ जना बिरामी भएका थिए । अस्पतालमा उपचार गराउन आएका यस्ता बिरामीमध्ये ५५ प्रतिशतभन्दा बढी बिरामी ६५ वर्षभन्दा बढी उमेरका रहेको अस्पताल प्रशासनले जनाएको छ ।

जापानको मौसम विज्ञान विभागले अहिले जापानमा यो वर्षकै सबैभन्दा धेरै गर्मी भएको बुधबार जानकारी दिएको छ । उनीहरुका अनुसार सबैभन्दा धेरै गर्मी भएको ठाउँमा यस वर्षको सबैभन्दा धेरै तापक्रम ४०.३ सेल्सीयस पुगेको छ । photo: Kyodo

चर्चामा

सम्बन्धित समाचार