शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिम प्रदेशमा भोलि रक्षा बन्धनको सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा भोलि रक्षा बन्धनको सार्वजनिक बिदा

  • बुधबार, साउन २९, २०७६
सुदूरपश्चिम प्रदेशमा भोलि रक्षा बन्धनको सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार भोलि सार्वजनिक बिदा दिएको छ । बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।साउन २२ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद बैठकले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । संघीय सरकारले पर्वलगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् ।

२ नम्बर प्रदेशले पनि दियो सार्वजनिक बिदा 
बिहीवार परेको जनै पूर्णिमा र रक्षा बन्धनको अवसरमा २ नम्बर प्रदेश सरकारले पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । शुभकामना सन्देशमा मुख्यमन्त्री राउतले हर्षोल्लासका साथ पर्व मनाउन आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार