पदमबहादुर सिंह
बाजुरा २७ साउन ः बाजुरा जिल्लको विच भाग भएर बग्ने बुढिगंगा नदिले खेतियोग्य जमीन कटान गर्न थालेको छ । लगातारको वर्षाका कारण नदिमा पानिको वाह बढ्दै गएपछि बडिमालिका नगरपालिका ९ गढखेत,चौराटी खेत,सेलाघाट, रापक,पानीनाउला तिपाडाका नदि छेउमा रहेका खेतहरु बगरमा प्रणीत गरेको छ ।
त्यस्तै बुढिगंगा नगरपालिकाका अपकोट, बन्दे,ताप्रीसेरा,सेरा, फालासेन, बार्जुगाड र त्रिबेणी नगरपालिकाको बिभिन्न ठाउमा लगाएको बाली सहित खतियोग्य जमीन बगार बनाएको बुढिगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले बताए । नदि कटानले दर्जनौ बस्तिहरु विस्तापीन हुने भएका छन् ।भने नदिले खेतियोग्य जमीन कटान गरीसक्यो अव बस्ति पनि नरहला भन्ने चिन्ता लागेको बुढिगंगा नगरपालिका २ बल्देका स्थानीय धनसिंह केशीले बताए । बल्देकमा १० घर परिवार बसोबास गर्छन खेतियोग्य जमीन खटान गरेर बगर बनाई सक्या नदि घर छेउमै बग्न थालेको छ कति खेर घर बगाउछ चिन्ताले रातभर जागामार बस्नु परेको केशीले बताए ।
ताँप्रीसेरमा पनि सयौ विगाहा जमीन बगर बनाएको वडा अध्यक्ष थापाले बताए । कति बगायो एकीन छैन दिनानु दिन कटान बढीरहेको छ रोकीएको छैन । नदि क्षेउमा रहेका भानसिंह थापा,गोपाल थापा,वीर थापा, प्रसादे थापा लगाएत धेरैका खेत बगाएको अध्यक्ष थापाले बताए । बाजुरा जिल्लाको सबै भन्दा अन्न फलने भुभाग नै भनेकै बल्दे, ताँप्रीसेरा, सेरा फालासेन लगाएको ठाउहरु हुन ती सवै बगारमा प्ररिणत भएका छन् ।
बडिमालिका नगरपालिका ३ को खारगाडामा गएको पहिरोले पुरै माटो ढुंगा बगार नदिको सतह पुरेपछि बडिमालिका नगरपालिकाको नदि छेउको जमीन र बस्तिहरुहरुमा नदि बग्न थालेको छ । भने त्रिबेणी नगरपालिका ९ पेमा र बुढिगंगा नगरपालिकको १ अमकोटमा गएको पहिरालेबाट गएको माटो ढुंगाले पुरीए पछि बस्ति जोखिममा रहेको बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक विक्रम शाहले बताए ।
तीनै खेतको अन्नका भरमा परिवार पालेका स्थानीय नदिले कटान गरेर बगर बनेपछि निरास बनेका छन् । बुढीगंगा नदिको कटान नियन्त्रणका लागि राज्यबाट भरपर्दो ढंगले योजना बन्न नसक्दा यसले बर्षेनी आफ्नो क्षेत्र फराकिलो बनाउँदै गइरहेको छ । नदि कटान नियन्त्रणका लागि हाल सम्म खर्च भएको छ का कति भएको कुनै तथ्य छैन । खर्च बालुवामा पनि हालेझे भएको छ ।
हाल स्थानीय निकायहरुले पनि नदि नियन्त्रणमा कुनै चासो नदिएको कृषकहरुले बताएका छन् । यता जिल्ला कृर्षि ज्ञान केन्द्रले बाजुरा जिल्लामा बर्षे नि खद्यान्न अभाव हुने तथ्याङ्क सार्बजनीक गरेको गरेई छ । खेतियोग्य जमीन कतै पहिरो त कतै नदि कटानले बगर बनेको छ ।