सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • तानातानमा साम्राज्ञी

तानातानमा साम्राज्ञी

  • बुधबार, साउन २२, २०७६
तानातानमा साम्राज्ञी

अनमोल केसी र प्रदीप खड्कापछि उद्योगमा बिक्ने स्टारमा साम्राज्ञीराज्यलक्ष्मी शाहको नाम आउँछ।उनले चाहने हो भने बग्रेल्ती फिल्म साइन गर्न सक्छिन्।उनले वर्षमा दुइटा फिल्म साइन गर्ने रणनीति बनाएकी छिन् र त्यसमा कटिबद्ध छिन्।वर्षको दुइटा फिल्म मतलब छ महिनामा एउटा फिल्म !

साम्राज्ञीको सोच राम्रो हो तर वर्षका दुइटा फिल्म एक महिनाकै अन्तरालमा रिलिज हुने भए भने के हुन्छ ? जे हुन्छ, अबको एक महिनामा थाहा हुन्छ।किनकि, साम्राज्ञी अभिनीत दुई फिल्म एक महिनाको अन्तरालमा रिलिज हुँदै छन्।

साम्राज्ञी मुख्य भूमिकामा रहेको ‘मारुनी’ भदौ १३ मा रिलिज हुँदै छ भने उनकै अर्को फिल्म ‘रातो टीका निधारमा’ दशैँको छेकोमा रिलिज हुँदै छ।यो फिल्मले अहिलेसम्म मिति तय गरेको छैन तर अनुमानअनुसार असोज १० वा १७ गते यो फिल्म हलमा लाग्नेछ।अब एक महिनाको अन्तरमा फिल्म रिलिज हुने भएपछि साम्राज्ञीले बाँडीचुँडी दुवै फिल्मको प्रचारमा समय दिनुपर्नेछ।

अझ फिल्ममा दुवै हिरोभन्दा साम्राज्ञी ठूलो स्टार भएकाले पनि दुवै फिल्मका निर्माता–निर्देशक उनलाई  नै प्रचारमा दौडाउन चाहन्छन्।‘मारुनी’ र ‘रातो टीका निधारमा’को सुटिङको तनाव छल्न साम्राज्ञी बाली पुगेकी थिइन्।अब प्रचारले दिएको तनाव छल्न कहाँ जाने हुन् कुन्नि ?

चर्चामा

सम्बन्धित समाचार