बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लामा उप–निर्वाचन हुने

बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लामा उप–निर्वाचन हुने

  • बुधबार, साउन २२, २०७६
बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लामा उप–निर्वाचन हुने

बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लामा आउँदो मंसिरमा उप–निर्वाचन हुने भएको छ । सुदूरपश्चिमका बैतडी, डोटी, अछाम , बाजुरा र कञ्चनपुर जिल्लाका सात वडामा उप–निर्वाचन हुने भएको हो ।
वडा अध्यक्ष वीहिन रहेको बैतडीको पुर्चौडी नगरपालिका वडा नं ४, सुर्नया गाउँपालिका १, दोगडाकेदार गाउँपालिका ४, डोटीको आदर्श गाउँपालिका २, अछामको मेल्लेख गाउँपालिका ५, बाजुराको त्रिवेणी नगरपालिका १ र कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा उप–निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष गौतम प्रसाद भट्ट, सुर्नया गाउँपालिका १ का अध्यक्ष कलसबहादुर चन्द, दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मान बहादुर विष्टको मृत्यु भई पद रिक्त रहेको छ। यस्तै डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदम सिह बोहोरा,अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष राम बहादुर बोहोरा, बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का अध्यक्ष खम्म दमाईको पनि मृत्यु भईसकेकाले उप निर्वाचन हुनेछ ।
यसका साथै कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा निर्वा्चित भएका वडा अध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुख भएकाले उप–निर्वाचन हुने जनाईएको छ ।
उप–निर्वाचनका लागि आयोगले तयारी गरिसकेको र केही दिनभित्रै निर्वाचनको विस्तृत कार्यक्रम सार्वजनिक हुने जिल्ला निर्वाचन कार्यालय बैतडीका निर्वाचन अधिकारी माधव फुयालको भनाई छ ।
यसअघि साउन १६ गते निर्वाचन आयोग र विभिन्न राजनीतिक दलका बिचमा अगामी मंसिर १४ गते उप–निर्वाचन गर्ने सहमती भएको थियो । सोही सहमतीअनुसार देशभरमा रिक्त रहेका ५१ पदका लागी उप–निर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले आगामी मंसिरमा उपनिर्वाचन मिति तोकेसँगै मतदाता नामवालीमा नाम दर्ता गराउने काम पनि यही साउन १६ गतेदेखि रोकिएको छ । यही साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन् ।

चर्चामा

सम्बन्धित समाचार