• होमपेज
  • बाजुरा बिशेष
  • झोलुंगे पुल माथि पानि आवतजाव बन्द

झोलुंगे पुल माथि पानि आवतजाव बन्द

  • सोमवार, साउन २०, २०७६
झोलुंगे पुल माथि पानि आवतजाव बन्द

बाजुरा, २० साउन
लगातारको अबिरल बर्षाले त्रिबेणी र बुढिगंगा नगरपालिकाको ताप्रीसेरामा रहेको झोलुंगे पुल उच्च जोखिममा रहेको छ । पुल माथि पानि गएपछि आवजावत बन्द भएको वडा अध्यक्ष हिरालाल थापाले वताएका छन् ।
लगातार बर्षाले शनिवार देखी पुल माथि पानि बग्न थालेपछि आवतजावत बन्द गरिएको छ । आवतजावत बन्द हुदा त्रिबेणी नगरपालिका र बुढिगंगा नगरपालिकामा आउन जान निकै समस्या भएको छ । पुल माथि पानि बगेपछि जति बेला पनि पुल बग्ने सम्भाबना रहेकोले आवतजावत बन्द गरिएको स्थानिय बसन्त थापाले वताएका छन् ।
लगातार बर्षाले बाजुराका अन्य झोलुंगे पुल पनि जोखिममा रहेका छन् । बुढिगंगा नदिले बाजुराको द्धावारी, तिपाडा, राप्क अछामको साँफे, बुढाबगर लगायत ठाँउका दर्जनौ पुल उच्च जोखिममा रहेका छन् । त्यस्तै कर्णाली नदिको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानिय बासिले बताएका छन् ।
बुढिगंगा नदिको द्धावारीमा रहेको झोलुंगे पुल बगाइसककेको स्थानिय धन जैशीले वताए । कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल सधैका बर्षातको समयमा जोखिममा बन्ने गरेको छ । त्यो सँगै कर्णाली नदिमा रहेका आधा दर्जनौ पुल जोखिममा बनेका छन् । वाई वाधु जोड्ने पुल, गोत्रि साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका हमिाली गाँउ पालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । पुल सँगै छोप्ने गरि कर्णाली नदिमा पानिको बहाव बढेपछि बाजुराका कर्णाली पारिका वाई, साप्पाटा, जुकोट गाबिसमा आवत जावत प्रभाबित बनेको छ ।
त्यस्तै नदिमा बाढि बढेपछि बाजुराका अन्य दर्जनौ पुल समेत बाढिको जोखिममा रहेका छन् । अछाम बाजुरा जोड्ने इकडी गाड पुल, सेरामा रहेको बुढिगंगा, बाजुर्गाड, गुइगाड, कोर्दालिगाड, घटमुना, बाहुली खोला, दहकोट, मौरे, कोटिलाको दैया लगायतका नदिमा रहेका झोलुंगे पुल जोखिममा बनेका स्थानियले बताएका छन् । अन्य बिकल्प नभएपछि ज्यानै बाजि राखेर पुलमा आवत जावत गर्नुपरेको स्थानियले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार