आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • फुटबल
  • पीएसजीको जित्यो सिजनको पहिलो उपाधि

पीएसजीको जित्यो सिजनको पहिलो उपाधि

  • आइतवार, साउन १९, २०७६
पीएसजीको जित्यो सिजनको पहिलो उपाधि

१८ साउन, काठमाडौं । एन्जल डी मारियाको निर्णायक गोलसँगै पेरिस सेन्ट जर्मेनले सिजनको पहिलो उपाधि जितेको छ । शनिबार रेनलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजीले ट्रफी द च्याम्पियन्सको उपाधि जितेको हो । पीएसजीको घरेलु मैदानमा भएको खेलमा रेनले१३ औं मिनेटमा एड्रिनको गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफमा पीएसजी खेलमा फर्कियो । ५७ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गरे भने ७३ औं मिनेटमा एन्जल डि मारियाले गोल गरे ।

चर्चामा

सम्बन्धित समाचार