सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • महिलाको काममा पुरुष सघाउने बिच्छँया गाँउ

महिलाको काममा पुरुष सघाउने बिच्छँया गाँउ

महिलाको काममा पुरुष सघाउने बिच्छँया गाँउ

  • शनिबार, साउन १८, २०७६
महिलाको काममा पुरुष सघाउने बिच्छँया गाँउ

प्रकाश सिंह
बाजुरा, १८ साउन
धेरै पुरुषहरु दिनभरी जाड खाने तास खेल्ने बेअर्थमा समय बिताइरहेका हुन्छन् । बेलुका घरमा आएर राम्रो खान नपकाएको भन्दै श्रीमति कुट्ने गर्छन् । महिलाहरु दिनभरी काममा ब्यस्त हुने गर्छन् प्राय हाम्रो समाजमा । अर्को केहि काम त यो महिलाको जिम्मा नै हो भने पुरुषहरुले सोच्ने र जिम्मा लगाउने गरेका छन् । तर बाजुराको दुर्गम हिमाली गाँउपालिका २ बिच्छँया गाँउका पुरुष भने महिला सँग सँगै पुरुषहरु पनि काममा सघाउने गरेका छन् । सदरमुकाम मार्तडी बाट पैदल ५ दिन टाढा रहेको यो गाँउमा बाजुराका अन्य गाँउ भन्दा फरक गाँउका रुपमा चिनिन्छ ।
घरायसी खाना पकाउने काम होस, वा मेलापात वा खेतवारीको काम होस प्राय अरु ठाँउमा महिला मात्र देखिने गर्छन् । अहिले जेठ महिनामा खेत गहुँ काट्ने समय हो । बाजुराका अन्य ठाँउमा खेतबारीमा गहुँ काटने काममा महिला मात्र देखिने गरेका छन् । तर बिच्छँया गाँउमा भने गहुँ काट्न महिला र पुरुषका जोडिहरु काम गरिरहेका छन् । यो काम हाम्रो समाजमा महिलाहरुको मात्र हो भन्ने सामाजिक रुढिवादी सोच छ । तर बिच्छँया गाँउमा भने उनिहरुलाई महिलालाई सहयोग गर्नु पर्छ भनेर खेतवारीमा नै सहयोग गरीरहेका छन् । यो गाँउ अरु ठाँउमा भन्दा शिक्षामा पछाडी र आर्थिक अबस्था कमजोर भएको गाँउका रुपमा चिनिन्छ ।
हिमाली गाँउपालिका २ बिच्छँया बस्ने जइधैन रोकाय प्राय सधै श्रीमतीको काममा सघाउने गर्छन् । उनलाई कुनै पनि काम प्रति घृणा आउदैन् । श्रीमति सँग मेला पाँत पनि जान्छौ, खेतपारिको काममा पनि सहयोग गर्ने गरेका उनले वताए । छोरा छोरी धेरै छन्, अन्य रोजगारी छैन्, खालि पसलमा बसेर तास खेल्नु जाँड खानु भन्दा त परिवारलाई सहयोग गर्दा काम पनि हुने परिवार पनि खुशी हुने उनले वताए ।
जइधैन जस्तै सोही गाँउका गोकुल रोकाया पनि श्रीमतिको काममा सघाउन गर्छन् । पुरुषले खाना पकाउनु हुदैन्, भाँडा माझनु हुदैनन् भन्छन्, तर आफु भने खाना पकाउने भाडा माझ्ने काममा सघाउने गरेको वताए । महिलालाई मात्र काम गराएमा धेरै जोखिम हुने कमजोरी हुने गर्छन्, सहयोग गर्दा उनिहरुलाई पनि निकै सहज हुने वताए । गोकुलकी श्रीमतिले भनिन् धनमतीले भनिन्, श्रीमान सधै काममा सघाउने गर्छन्, आफु सुत्केरी, महिनावारी हुँदा त घरको सबै काम उहाँले गर्ने गरेको वताईन् ।
यी दुई जोडि जस्तै हिमाली गाँउपालिका २ बिच्छँया गाँउमा ८१ परिवार बसोवास गर्दै आएका छन् । ति सबै परिवारले महिलाको काममा सहयोग गर्ने गरेको गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताए । अरु ठाँउमा पुरुषहरुले महिलाको काममा सहयोग गरेमा उल्टै हेला गर्छन्, तर यो गाँउमा भने महिलाका धेरै गाँउमा पुरुषहरुको सहयोग हुने गरेको वताए । महिलाको काममा मात्र सहयोग नभई गाँउमा महिला माथि हुने बिभेद हिशां पनि नहुने गरेको छ ।
गाँउमा सामाजिक काम हुदा पनि महिला र पुरुषको बराबर सहभागिता गराउने गरेको स्थानिय मन बहादुर बोहोराले वताए । अधिकांश गाँउका अभियानमा महिलाको नेतृत्वमा हुने गरेका छन् । गाँउमा जातिय, छाउपडि छुवाछुत समेत केही नभएको उनले वताए । गाँउपालिका उपाअध्यक्ष चन्द्रा बुढाले भनिन्, महिलाको काममा सघाउ मात्र हैन्, महिलालाई नेतृत्व दिनमा जिल्लाकै नमुना गाँउ रहेको वताईन् । अन्य गाँउका भन्दा शिक्षित यो गाँउमा कम छन्, अर्को सरकारी तथा गैर सरकारी क्षेत्रमा एकजना जागीरे छैनन्, तर संस्कार भने नमुना रहेको बुढाले थपिन् ।

चर्चामा

सम्बन्धित समाचार