शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • आजको मौसम यस्तो रहनेछ !

आजको मौसम यस्तो रहनेछ !

  • मङ्लबार, साउन १४, २०७६
आजको मौसम यस्तो रहनेछ !

 अत्तरिया  १४ साउन । आज देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाइएको छ । यस्तै राति देशैभर आंशिकदेखि पुर्ण बदली रही केही स्थानमा वर्षा हुने संभावना छ ।

पश्चिमि पहाडी भूभागका एक–दुई स्थानमा भने मध्यमदेखि भारि वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना भने राति पनि केही स्थानमा वर्षा हुने संभावना छ । यसैगरि बिहीबार दिउँसो पनि केही स्थानमा वर्षा हुने संभावना छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भु–भाग भन्दा दक्षिण तिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैका कारण कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ ।

हाल देशभरी आंशिकदेखि सामान्य बदली भइरहेको जनाइएको छ । महाशाखाका अनुसार केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार