शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्रिकेट
  • सुनिल गावास्करले उठाए कोहलीको कप्तानीमा प्रश्न, चयनकर्तालाई भने-कठपुतली

सुनिल गावास्करले उठाए कोहलीको कप्तानीमा प्रश्न, चयनकर्तालाई भने-कठपुतली

  • मङ्लबार, साउन १४, २०७६
सुनिल गावास्करले उठाए कोहलीको कप्तानीमा प्रश्न, चयनकर्तालाई भने-कठपुतली
फाईल फोटो

भारतका क्रिकेट चयनकर्ताप्रति जब कडा टिप्पणी गर्ने बारेमा चर्चा हुन्छ तब मोहिन्दर अमरनाथको नाम आउँछ। यी अलराउण्डरले सन् १९८० को दशकमा आफूलाई टोलीबाट बाहिर पठाइएपछि चयनकर्ताहरूलाई ‘जोकर’ भनेका थिए।

त्यसको ३० वर्षपछि उनका साथी खेलाडी तथा महान ब्याटस्म्यान सुनिल गावास्करले अमरनाथकै जसरी भारतीय चयनकर्ताप्रति तीखो कटाक्ष गरेका छन्। उनले विश्वकपमा सेमिफाइनलमा पराजित भएपछि पनि विराट कोहलीलाई टोलीको कप्तान यथावत राखेकोमा प्रश्न गरेका छन्।

सुनिलले पुनः कोहलीलाई कप्तानी दिनुअघि आधिकारिक वैठक हुनुपर्ने बताएका छन्।

मुम्बईबाट प्रकाशित हुने मिड-डे पत्रिकाका लागि लेखेको एक लेखमा उनले सो धारणा राखेका हुन्।

‘यदि उनीहरूले(चयनकर्ता) वेस्ट इण्डिज भ्रमणका लागि कप्तानको चयन मिटिङ नबसीकनै गरेका हुन भने त्यसमा प्रश्न उठ्छ-के कोहली आफ्नो क्षमताका कारण टोलीका कप्तान हुन् या चयन समितिको खुशीका कारण हुन्?’, उनले लेखेका छन्।

‘हाम्रो जानकारीमा रहेसम्म उनलाई विश्वकपसम्मका लागि कप्तान नियूक्त गरिएको थियो। त्यसपछि त चयनकर्ताहरूले मिटिङ बोलाउनुपर्थ्यो। भलै त्यो मिटिङ पाँच मिनेटको किन नहोस् तर हुनुपर्थ्यो।’

उनले सो लेखमा चयनकर्ताहरूलाई विराट कोहलीलाई मनलाग्दी टोली छनौट गर्ने हक दिएकोमा पनि व्यग्य कसेका छन्। उनले चयन समितिलाई ‘कठपुतली’को संज्ञा दिए।

‘चयन समितिमा बसेका मान्छेहरू कठपुतली हुन्। पुनर्नियूक्ति पछि विराटलाई टिमका बारेमा बुझ्न मिटिङमा बोलाइयो। प्रक्रियालाई बाइपास गरेर केदार जाधव र दिनेश कार्तिकलाई टोलीबाहिर गरेर उनीहरूले खराब प्रदर्शन गरेको संदेश दिइयो। जबकी विश्वकप अगाडि र विश्वकपका दौरान कप्तानले यिनै खेलाडीमाथि भरोसा जनाएका थिए। नतिजा यो भयो की टोली फाइनलमा पनि पुग्न सकेन’, उनले लेखेका छन्।

चर्चामा

सम्बन्धित समाचार