शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कञ्चनपुरमा विद्यार्थीको सुसाईड नोटमा शिक्षकको नाम

कञ्चनपुरमा विद्यार्थीको सुसाईड नोटमा शिक्षकको नाम

  • आइतवार, साउन १२, २०७६
कञ्चनपुरमा विद्यार्थीको सुसाईड नोटमा शिक्षकको नाम

कञ्चनपुर एकजना विद्यार्थीले आत्माहत्या गर्नुअघि लेखेको सुसाइड नोटमा मर्नुको कारण शिक्षक भनी उल्लेख गरेका छ। जिल्लाको भीमदत्त नगरपालिकामा रहेको  लिटिल बुद्ध एकेडेमीमा १२ कक्षामा अध्ययनरत भीमदत्त नगरपालिका–३ भाँसीका १६ वर्षीय सुरज लेखकले हरिलाल जोशी एलबिए प्लस टु कोअर्डिनेटर ‘मर्नुको कारण’  भनेर सुसाईट नोटमा उल्लेख गरेका छन्। शनिबार आफ्नै घरको कोठमा झुण्डिएर आत्महत्या गरेका सुरजले आफ्नो फेसबुक आइडीमा समेत ‘आई क्वाइट’ भनेर लेखेको भेटिएको छ।

लिटिल बुद्ध ऐकेडेमी प्लस टुका संयोजक हरिलाल जोशीले शुक्रबार बिहान विद्यालय समयमा आफ्ना साथीसंग चुरोट खाइरहेको देखेपछि सुरज सहित उनका साथी आशिस चन्द र मनिस विष्टलाई विद्यालयमा बोलाएर सम्झाई बुझाई गरिएको जनाए। विद्यालयकै अर्का शिक्षक दुर्गा दत्त अवस्थीले तीनै जनालाई दुई दुई थप्पड हानेको बताउँदै उनले तीनै जना विद्यार्थीबाट कागज बनाएको बताए। तीनै जना विद्यार्थीले एलबिएका संयोजकलाई सम्बोधन गरेर कलेज नआएको बारे निवेदनसहित औठाँछाप समेत लगाएका छन्।

कागजमा उनीहरुले अबदेखि यस्तो गल्ती नगर्ने र विद्यालयमा अनुपस्थित नहुने भनेर उल्लेख गरेका छन्। जोशीले मृतक लेखक बाहेकका दुई जनालाई तत्कालै अभिभावकको जिम्मा लगाईएपनि लेखकको घरमा फोन नउठेको बताए। यता सुरजका बुबा गणेश लेखकले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षक हरिलाल जोशी विरुद्ध ‘आत्महत्या दुरुत्साहन’ सम्बन्धी किटानी दिएका छन्। बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक समेत रहेका गणेशले छोरालाई विद्यालयबाट तनाव दिएर आत्महत्या गर्न बाध्य पारिएको भन्दै शिक्षक जोशी विरुद्ध किटानी दिएको बताए।

एलबिए प्सल टु संयोजक जोशी बर्खास्त 
लिटिल बुद्ध एकेडेमीले प्लस टु संयोजक हरिलाल जोशीलाई आइतबार सेवाबाट हटाएको छ। प्रिन्सिपल श्याम सिह मौनीले विद्यार्थीले गरेको सुसाईट नोटमा शिक्षक जोशीको नाम उल्लेख भएकाले उनलाई सेवाबाट हटाएको बताए। विद्यार्थीले डरका कारण हात्महत्या गरेको हुनसक्ने प्रिन्सिपल मौनीले उल्लेख गरे ।

दिनेश खबरबाट

चर्चामा

सम्बन्धित समाचार