शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • सिचाई ट्याकीमा डुबेर १३ वर्षिया बालकको मृत्यू

सिचाई ट्याकीमा डुबेर १३ वर्षिया बालकको मृत्यू

  • आइतवार, साउन १२, २०७६
सिचाई ट्याकीमा डुबेर १३ वर्षिया बालकको मृत्यू
फाईल फोटाे

बडिमालिका समाचार
बाजुरा १२ साउन  । बाजुरा जिल्लाको पूर्वी उत्तर कर्णाली पारी रहेको स्थानीय तह स्वामीकार्तिक खापर गाउपालिका ४ मा सनीबार एक बालकको सिचाई पानि टं्याकीमा डुबेर मृत्यू भएको छ ।
मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउपालिका वडा नम्वर ४ फैताका कर्ण कैलाका १३ बर्षिया छोरा कविन्द्र कैला रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएको छ ।
सनीबारको दिन स्कुल विदा गाई गोरु चराउन गएको समयमा सिचाई ट्याकीमा पौडी खेल्न गएका कविन्द्र पौडी खेल्न नजानेर निसासीएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
मृतक बालकको पोष्टमाटमको लागी हिजो नै कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र कोल्टि गरीएको बताईएको छ । कविन्द्र कालिका आधारभुत विद्यालयमा कक्षा चारमा अध्ययनरत रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार