शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी काश्मिरमा सैनिकसँगै गस्ती गर्ने

भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी काश्मिरमा सैनिकसँगै गस्ती गर्ने

  • शनिबार, साउन ११, २०७६
भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी काश्मिरमा सैनिकसँगै गस्ती गर्ने

नयाँदिल्ली : भारतीय क्रिकेट टीमका कप्तान महेन्द्रसिंह धोनीले काश्मिरस्थित पाकिस्तानसँगको सीमा क्षेत्रमा भारतीय सेनासँगै गस्ती गर्ने भएका छन् ।

दुई महिनाको लागि उनी सीमास्थित सैनिकहरुसँगै तालिम लिन समेत छनोट भइसकेका छन् । सेनाको मानार्थ कर्नेल उपाधी पाइसकेका धोनीले यसअघि नै सेनासमक्ष आफू पनि सीमामा ड्युटी गर्न पाउँ भन्दै आग्रह गरेका थिए ।

सेनाले स्वीकृति दिएपछि अब धोनीले ‘प्यारासुट रेजिमेन्ट बटालियन’का सैनिकसँगै तालिम लिने छन् । उक्त तालिमको एक हिस्सा काश्मिर उपत्यामा पनि हुने भएको हो । तर धोनीले सैनिकहरुले झैँ अपरेशनमै भाग लिनु पर्नेछैन । क्रिकेटर धोनीलाई २०११ मा यहाँको सेनाले मानार्थ कर्नेलको उपाधीले सम्मान गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार