शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • मधेस प्रदेश
  • अनुमति नलिइ सञ्चालित १४ वटा भारतीय गाडी समातिए

अनुमति नलिइ सञ्चालित १४ वटा भारतीय गाडी समातिए

अनुमति नलिइ सञ्चालित १४ वटा भारतीय गाडी समातिए

  • शनिबार, साउन ११, २०७६
अनुमति नलिइ सञ्चालित १४ वटा भारतीय गाडी समातिए

पर्सा प्रहरीले विभिन्न अवस्थामा १४ वटा भारतीय सवारी नियन्त्रणमा लिएको छ । पर्सा जिल्लाका विभिन्न स्थानबाट १४ वटा भारतीय सवारी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका सवारीलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइसकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पछिल्लो पटक बिहीबार वीरगञ्ज महानगरपालिकाबाट डब्लुबीडी ९६८८ र पीबी२२एन १५२७ नम्बरका दुईवटा भारतीय गाडीहरु प्रहरीले नियन्त्रणमा लिएको छ । राजश्व छली गरी भारतिय नम्बरका सवारीसाधनहरु वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा चलाई आइरहेको छन् भन्ने सूचनाका आधारमा ती सवारीलाई नियन्त्रणमा लिइएको दावी प्रहरीको छ । प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर जेठको मध्यतिर जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख भएर आएपछि भारतीय सवारीमा कडाई गर्न थालिएको हो ।

चर्चामा

सम्बन्धित समाचार